News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलमा क्यामरुन बर्गेसको आत्मघाती गोलसँगै अमेरिकाले अग्रता लिएको छ ।
- खेलको ११औं मिनेटमा अष्ट्रेलियाका डिफेन्डर क्यामरुनले बल क्लियर गर्ने क्रममा आफ्नै गोलपोष्टमा छिराएका थिए ।
- यसअघि समूह ‘डी’ का अमेरिकाले पाराग्वे र अष्ट्रेलियाले टर्कीलाई पराजित गर्दै पहिलो खेल जितेका थिए ।
६ असार, काठमाडौं । आत्मघाती गोलमा अमेरिकाले फिफा विश्वकप–२०२६ मा अष्ट्रेलियाविरुद्ध अग्रता लिएको छ ।
सिएटल स्टेडियममा जारी खेलमा अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले आत्मघाती गोल गर्दा अमेरिकाले अग्रता लिएको हो ।
खेलको ११औं मिनेटमा अमेरिकाका फोलारिन बालोगुनले अष्ट्रेलियाको डिबक्सभित्र क्रस गराएका थिए । त्यसपछि अष्ट्रेलियाका डिफेन्डर क्यामरुनले क्लियर गर्ने क्रममा प्रहार गरेको बल आफ्नै गोलपोष्टमा छिर्दा अमेरिकालाई अग्रता लिने अवसर मिल्यो ।
समूह ‘डी’ मा रहेका दुवै टोलीले यसअघि आफ्नाे पहिलो खेलमा जित निकालेका थिए । अमेरिकाले पाराग्वे र अष्ट्रेलियाले टर्कीलाई पराजित गरेका हुन् ।

प्रतिक्रिया 4