+
फिफा विश्वकप २०२६ :

पहिलो हाफमा अमेरिकालाई दुई गोलको अग्रता

२०८३ असार  ६ गते १:३८ २०८३ असार ६ गते १:३८

आत्मघाती गोलमार्फत पहिलो अग्रता लिएको अमेरिकाका लागि एलेक्स फ्रीम्यानले दोस्रो गोल गरे ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप–२०२६ अन्तर्गत अमेरिकाले पहिलो हाफमा अष्ट्रेलियाविरुद्ध दुई गोलको अग्रता लिएको छ ।
  • खेलको ११औं मिनेटमा अष्ट्रेलियाका क्यामरुन बर्गेसको आत्मघाती गोलबाट अमेरिकाले पहिलो अग्रता पायो ।
  • अमेरिकाका एलेक्स फ्रीम्यानले ४३औं मिनेटमा हेडरमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

६ असार, काठमाडौं । अमेरिकाले फिफा विश्वकप–२०२६ अन्तर्गत अष्ट्रेलियाविरुद्ध दुई गोलको अग्रता लिएको छ ।

सिएटल स्टेडियममा जारी खेलको पहिलो हाफमा अमेरिकाले दुई गोलको अग्रता लिएको हो । आत्मघाती गोलमार्फत पहिलो अग्रता लिएको अमेरिकाका लागि एलेक्स फ्रीम्यानले दोस्रो गोल गरे ।

एलेक्सले ४३औं मिनेटमा हेडरमार्फत गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाएका हुन् ।

त्यसअघि अष्ट्रेलियाका क्यामरुन बर्गेसले ११औं मिनेटमा क्लियर गर्ने क्रममा प्रहार गरेको बल आफ्नै गोलपोष्टमा छिर्दा अमेरिकाले पहिलो अग्रता लिएको थियो ।

अमेरिकाले पहिलो हाफमा अष्ट्रेलियालाई दबाबमा राख्न सफल भएको छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय