६ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्रका लागि प्रयोग हुने चितवन उद्योग संघको प्रर्दशनी केन्द्रको हल भाडा १३ लाख ५० हजार भाडा लाग्ने भएको छ ।
सुरुमा राजनीतिक कुनै पनि कार्यक्रम गर्न अनुमति नदिने जनाएको उद्योग संघले उद्योग मन्त्रालयको अनुरोध पछि रास्वपाको बन्दसत्र गर्न हल दिन तयार भएको हो ।
संघले आफ्नो नियम अनुसार रास्वपाले तीन दिन हल प्रयोग गर्दा प्रति दिन ४ लाख ५० हजारका दरले भाडा लिने सम्झौता गरेको छ ।
संघका अध्यक्ष अध्यक्ष मदन घिमिरेका अनुसार एक हलको एक दिनको भाडा नियमाबलीमा भएको व्यवस्था अनुसार एक लाख ५० हजार शुल्क लाग्ने गर्दछ । रास्वपाले तीनवटा हल नै बुक गरेकोले दैनिक दैनिक ४ लाख ५० हजार शुल्क तिर्नुपर्नेछ ।
रास्वपाले ८ र ९ गतेका लागि पुरै दिनको भाडा तिर्नुपर्ने छ भने ७ र १० गतेको आधा आधा शुल्क मात्रै तिर्ने गरी सम्झौता गरेको छ ।
प्रतिक्रिया 4