+
+
Shares

सीटीईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ६ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को रिक्त उपाध्यक्षमा २५ र सदस्यसचिवका लागि ४ जनाको दरखास्त स्वीकृत भएको छ ।
  • शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृत सूची सार्वजनिक गर्दै योग्य आवेदकहरूलाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाएको छ ।
  • परिषद्का पदाधिकारीहरू पदमुक्त भएपछि हाल अनोज भट्टराईले निमित्त सदस्यसचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

६ असार, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को रिक्त उपाध्यक्ष पदका लागि २५ जना आवेदकको दरखास्त स्वीकृत भएको छ ।

यसैगरी रिक्त सदस्यसचिवमा चार जनाको दरखास्त स्वीकृत भएको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार आवेदकहरूको स्वीकृत नामावली सार्वजनिक गरेको हो । गत जेठ २१ मा प्रकाशित दरखास्त आह्वानको सूचनाबमोजिम आवेदन दिएर प्रक्रिया र योग्यता पुगेको आवेदकहरूले अब मूल्याङ्कन समितिले दिएको समयमा अन्तर्वार्ता र प्रस्तुतीकरण दिनुपर्नेछ ।

परिषद्को अध्यक्ष पदेन शिक्षा तथा खेलकुदमन्त्री रहने व्यवस्था छ भने पदाधिकारी रिक्त भएपछि हाल अनोज भट्टराई निमित्त सदस्यसचिव तोकिएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट पदमुक्तिसम्बन्धी विशेष अध्यादेशबाट जारी भएपछि अन्य निकायमा झैँ परिषद् पनि पदाधिकारीविहीन भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?