News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकपमा स्पेनका १८ वर्षीय खेलाडी लामिन यमालको डेब्यु खेलमा स्पेन केप भर्डेसँग बराबरीमा रोकिएको छ ।
- हालै मांसपेशीको चोटबाट निको भएका यमाल ६१औं मिनेटमा मैदान प्रवेश गरे पनि सोचेअनुसार प्रदर्शन हुन सकेन ।
- एम्बाप्पे र हालान्डसँगको तुलनाबारे यमालले 'मलाई त्यसको वास्ता छैन' भन्दै आफू अरूको नक्कल नगर्ने बताए ।
६ असार, काठमाडौं । फिफा विश्वकपमा स्पेनिस स्टार लामिन यमालको डेब्यु सुखद हुन सकेन । विश्वकपअघि चम्किसकेका १८ वर्षीय यामालले केप भर्डेसँग खेल्दै डेब्यू गरेका थिए । तर, उनको डेब्यु सुखद रहन सकेन ।
उक्त खेलमा उपाधि दाबेदार मानिएको स्पेन पहिलोपटक विश्वकप खेलेको केप भर्डेसंग बराबरीमा रोकिन पुग्यो । ७१औं मिनेटमा मैदानमा प्रवेश गरेका यामालको प्रदर्शन सोचेअनुसार हुन सकेन ।
यसो त उनले पुर्ण फिट थिएनन् । हालै मांसपेशीको चोटबाट निको भएका थिए। केप भर्डेविरुद्ध सुरुवातमा बेन्चमा राखेको स्पेनले गोल ननिस्किएपछी यामाललाई भित्राउन बाध्य भएको थियो ।
यता प्रतियोगिताको सुरुवाती खेलहरूमा किलियन एम्बाप्पे र एर्लिङ हालान्ड दुवैले क्रमशः फ्रान्स र नर्वेका लागि समान दुई गोल गरे । हाल विश्व फुटबलमा एम्बाप्पे र हालान्डसँग यमालको तुलना हुँदै आएको छ । यमालले तुलनाबारे आफुलाई त्यसको वास्ता नभएको बताए ।
‘म एमबाप्पेको नक्कल गर्ने वा यदि मेस्सीले गोल गरे भने पनि एउटा गोल गर्न चाहने होइन’ उनले भने, ‘मलाई त्यसको वास्ता छैन ।’
उनले थपे, ‘तिनीहरू मभन्दा १० वर्ष जेठा छन् र मेरो खेल्ने शैली फरक छ । म सुन्न चाहन्छु । म १६ गोल गर्न सक्छु र त्यसपछि सेमिफाइनलमा चुक्न सक्छु । त्यसैले त्यो म खोजिरहेको छैन ।’
१८ वर्षीय यमाल विश्व फुटबलको उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छन् । उनी क्लब र देशको लागि एक प्रमुख खेलाडी हुन् । सन् २०२४ मा स्पेनलाई युइएफए युरोपियन च्याम्पियन बनाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
प्रतिक्रिया 4