News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत क्यानडाको टोरन्टोमा भइरहेको खेलमा आइभरी कोस्टले जर्मनी विरुद्ध अग्रता लिएको छ ।
- खेलको ३०औं मिनेटमा आइभरी कोस्टका कप्तान फ्रांक केसीले गोल गरेका हुन् ।
७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अहिले भइरहेको समूह इ को खेलमा आइभरी कोस्टले जर्मनी विरुद्ध अग्रता लिएको छ ।
क्यानडाको टोरन्टो स्टेडियमा भइरहेको खेलमा आइभरी कोस्टका लागि कप्तान फ्रांक केसीले ३०औं मिनेटमा गोल गरे ।
जर्मनीले पहिलो हाफमा दुई गोल गरेपनि मान्यता पाएन ।
जर्मनी र आइभरी कवस्ट लगातार दोस्रो खेल जित्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा छन् ।
यसअघि जर्मनीले पहिलो खेलमा कुरासाओलाई ७-१ ले पराजित गरेको थियो भने आइभरी कोस्टले इक्वेडरलाई १-० ले हराएको थियो ।

प्रतिक्रिया 4