+
+
Shares

निर्माणाधीन जलविद्युत् आयोजनालाई प्रगति विवरण अनिवार्य बुझाउन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १३:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद-बिक्री सम्झौता भई निर्माणाधीन जलविद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीलाई अनिवार्य रूपमा प्रगति विवरण बुझाउन निर्देशन दिएको छ ।
  • प्रवर्द्धक कम्पनीहरूले सूचना प्रकाशित भएको ७ दिनभित्र प्रगति प्रतिवेदन पेश नगरे सम्झौता बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी विभागले दिएको छ ।
  • निर्माणाधीन आयोजनाको वास्तविक अवस्था अद्यावधिक गर्न र निर्माणका क्रममा देखिएका समस्या पहिचान गरी समाधान गर्न विभागले प्रगति विवरण माग गरेको हो ।

७ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण व्यवसाय विकास निर्देशनालय विद्युत् व्यापार विभागले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न भई निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीलाई आयोजनाको प्रगति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ ।

विभागले सूचना जारी गर्दै पीपीए बमोजिम निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति प्रतिवेदन चौमासिक रूपमा उपलब्ध गराउने व्यवस्था रहेकाले सम्बन्धित सबै प्रवर्द्धक कम्पनीलाई विवरण पेश गर्नुपर्ने जनाएको हो ।

विद्युत् खरिद–बिक्री सम्झौता सम्पन्न भई निर्माण चरणमा रहेका सबै आयोजनाका प्रवद्र्धक कम्पनीले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्रमा आफ्नो आयोजनाको प्रगति प्रतिवेदन विभागमा पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र प्रगति प्रतिवेदन प्राप्त नभए पीपीएमा उल्लेखित प्रावधानअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिइएको छ ।

विभागले निर्माणाधीन आयोजनाको वास्तविक अवस्था अद्यावधिक गर्न र उनीहरूको निर्माण प्रगतिबारे जानकारी लिन तथा देखिएका समस्या पहिचान गर्दै समाधान गर्न प्रगति विवरण पेश गर्न सूचना जारी गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?