+
+
Shares

रास्वपा विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको छ : स्वर्णिम वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १६:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी नागरिकको परिवर्तनको चाहना र विद्रोहको लोकतान्त्रिक आवाज बनेको दाबी गरेका छन् ।
  • पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आफूहरू नेपालको राजनीतिक इतिहासको नयाँ अध्याय लेख्न भेला भएको बताए ।
  • वाग्लेले विगतका आन्दोलनले ल्याएका उपलब्धिको सम्मान गर्दै अब लोकतन्त्रको संस्थागत गुणस्तर माथि उकास्नुपर्ने कुरामा जोड दिए ।

७ असार, काठमाडौं । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी लोकतान्त्रिक आवाज बन्न सकेको दाबी गरेका छन् ।

पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘जब इमानदार मान्छेले राजनीति असल मान्छेका लागि होइन भन्ने निष्कर्ष निकाल्न थाले, लोकतन्त्रले आशा देखाउन छाड्यो, सत्ता केवल लालचको व्यवस्थापन देखिन थाल्यो,’ उनले भने, ‘जब नागरिक र राज्यबीचको विश्वासको पुल भत्कन थाल्यो त्यतिबेला परिवर्तनको चाहना विद्रोहमा बदलियो । त्यो विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको हो रास्वपा ।’

अहिले आफूहरू नेपालको राजनीतिक इतिहासको नयाँ अध्याय लेख्न भेला भएको जिकिर गरे ।

‘विगतका आन्दोलनले नेपालमा लोकतन्त्र ल्याए। संविधान ल्याए । समावेशीताको आधार तयार भयो । ती उपलब्धीको हामी सम्मान गछौं । अब लोकतन्त्रको संस्थागत गुणस्तर माथि उकास्नुपर्नेछ । धेरै माथि उठाउनुपर्नेछ,’ वाग्लेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?