News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले पाएको अवसर जीवनमा कहिल्यै नआउने बताउनुभएको छ ।
- रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना दिँदै उहाँले यो अवसर चुकाएमा सिंगो देशलाई नै धोका हुने उल्लेख गर्नुभयो ।
- उहाँले इतिहासले सुम्पिएको यो महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक पूरा गर्न रास्वपा नेतृत्वलाई आग्रह समेत गर्नुभएको छ ।
७ असार, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले अहिले पाएको अवसर अब कहिल्यै नआउने बताएका छन् । रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना सन्देश दिने क्रममा उनले यस्तो बताएका हुन् ।
‘अहिले इतिहासले तपाईंहरूलाई यस्तो अवसर दिएको छ कि, पार्टीको हिसाबले कुरा गर्ने हो भने पार्टीको जीवनमा र व्यक्तिको हिसाबले कुरा गर्ने हो भने यस्तो अवसर कहिल्यै आउँदैन,’ उनले भनेका छन् ।
अहिलेको अवसर चुकेको खण्डमा सिंगो देशलाई धोका हुने उनको भनाइ थियो ।
‘यो अवसर चुक्यो भने चुकाउनुभयो भने धोका तपाईंको पार्टीलाई र तपाईं नेतृत्वलाई मात्रै होइन सिंगो देशलाई हुन्छ । यो मौका पारेर यो जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सक्नुहोस्,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4