News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता गगन थापाले रास्वपाले ४ वर्षमा पाएको जनसमर्थन लोभलाग्दो रहेको भन्दै प्रशंसा गर्नुभएको छ।
- रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना दिँदै उहाँले पार्टीले प्राप्त गरेको असाधारण जनमत विगतमा दुर्घटनामा परेको स्मरण गराउनुभयो।
- थापाले संगठन निर्माणदेखि निर्वाचनमा सफलता प्राप्त गर्ने यात्रामा कुशल नेतृत्व गर्नेहरूलाई बधाई दिनुभयो।
७ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले रास्वपाले ४ वर्षमै पाएको जनसमर्थन लोभलाग्दो रहेको भन्दै प्रशंसा गरेका छन् ।
रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना दिन पुगेका सभापति थापाले रास्वपाको जनसमर्थनलाई मुक्तकण्ठले प्रशंसा गरे ।
‘पार्टी गठन भएको ४ वर्षमै तपाईंहरूले जुन जनसमर्थन पाउनुभएको छ । यो लोभलाग्दो छ । म मुक्तकण्ठले प्रशंसा गर्दछु,’ थापाले भने ।
रास्वपाले प्राप्त गरेको जनमत असाधारण रहेको उनले बताए । इतिहासमा करिब तीन चार पटकमात्रै राजनीतिक दलले यस्तो जनमत पाएको भन्दै ती प्राय सबै दुर्घटनामा परेको स्मरण गराए ।
‘संगठन निर्माणदेखि निर्वाचनमा सफलता प्राप्त गर्ने यो यात्रामा पार्टी सभापति रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन शाहले जुन कुशलतापूर्वक नेतृत्व गर्नुभएको छ र तपाईंहरूले जुन साथ दिनुभएको छ तपाईंहरू सबै बधाइको पात्र हुनुहुन्छ,’ सभापति थापाले भने ।
प्रतिक्रिया 4