+
+
Shares

सुधार गृह पठाउन लागेका व्यक्तिको आक्रमणबाट प्रहरीसहित ३ घाइते

विराटनगर महानगरपालिका–१ अनुकरण मार्गस्थित एक घरमा बसेका युवकले छुरा प्रहार गर्दा तीन जना घाइते भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १६:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगरमा सुधार गृह पठाउन खोज्दा एक युवकको छुरा प्रहारबाट २ प्रहरीसहित ३ जना घाइते भएका छन् ।
  • घाइते हुनेहरूमा प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे र सुधार गृहका कर्मचारी सन्तोष सापकोटा छन् ।
  • घाइतेहरूको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

७ असार, काठमाडौं । सुधार गृह पठाउन लागेका व्यक्तिको आक्रमणबाट तीन जना घाइते भएका छन् ।

विराटनगर महानगरपालिका–१ अनुकरण मार्गस्थित एक घरमा बसेका युवकले छुरा प्रहार गर्दा तीन जना घाइते भएका हुन् । मोहन भट्टराईको घरमा कोठा भाडामा लिएर बस्दै आएका अन्दाजी २९ वर्षीय रुबिण कार्कीलाई सुधार गृह, काठमाडौं पठाउने तयारी भइरहेको क्रममा उनले कोठा थुनेर आत्महत्या गर्न खोजेको भन्ने सूचना प्राप्त भएपछि सीआरभी भट्टाचोकबाट प्रहरी सहायक निरीक्षक भोजराज रेग्मीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

सुधार गृहका कर्मचारी, आफन्त तथा प्रहरीले सम्झाइबुझाइ गर्ने क्रममा कार्कीले आफू सुत्ने बेडमा लुकाइराखेको धारिलो हतियार छुरा एक्कासी निकालेर प्रहार गरेका थिए ।

छुरा प्रहारबाट सीआरभी भट्टाचोकमा कार्यरत प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे तथा साथिभाइ नेपाल सुधार गृहका कर्मचारी सन्तोष सापकोटा घाइते भएका छन् । तीनै जनाको टाउकोमा चोट लागेको र अवस्था सामान्य रहेको छ ।

घाइतेहरूलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट समेत प्रहरी टोली खटिई थप अनुसन्धान तथा समन्वयको कार्य भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?