News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले ७ असारमा नेपाली कांग्रेस र नेकपा एमालेभित्रका अप्ठेरा सुल्झाउन आग्रह गरेका छन् ।
- पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले दलहरूका अप्ठेरा सुल्झिए देश राम्रो बाटोमा जाने बताए ।
- उनले ठूला दुई दललाई 'मेरो शुभकामना छ, आफ्नो दलभित्रका अप्ठेरा मिलाउनुहोला' भनी आग्रह गरे ।
७ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्रका अप्ठेरा सुल्झाउन आग्रह गरेका छन् ।
पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
‘सबै दल ठिक हुनुपर्छ । दुई शक्तिशाली दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र अप्ठेरा देखिएका छन्,’ उनले भने, ‘त्यो अप्ठेरा त्यो दलको मात्रै होइन, त्यो दलका अप्ठेरा सुल्झिएनन् भने देशको अप्ठेरा पनि बन्न सक्छ । मेरो शुभकामना छ, आफ्नो दलभित्रका अप्ठेरा मिलाउनुहोला ।’
आफ्नो दलमात्रै होइन अन्य दलहरूको अप्ठेरा पनि सुल्झिए भने देश एउटा राम्रो बाटोमा जाने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4