News Summary
Generated by OK AI. Editorially reviewed.- रौतहटको बागमती नदीको बीच भागमा बाढीका कारण फसेका १४ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
- नदी पारि गएका ११ महिला र ३ बालिका आइतबार साँझ फर्कने क्रममा अचानक आएको बाढीका कारण बीचमा फसेका थिए ।
- सशस्त्र प्रहरी बलको टोलीले रबरबोटको सहायताले नदीमा फसेका सबै जनाको उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
७ असार, काठमाडौं । रौतहटको दुर्गाभगवती गाउँपालिका–३ मत्सरीघाटस्थित बागमती नदीको बीच भागमा फसेका १४ जनाको सशस्त्र प्रहरीले उद्दार गरेको छ ।
आइतबार साँझ सोही नगरपालिका–१ पिपराभलोहियाका १४ जना स्थानीयहरुमध्ये ११ जना महिला र ३ जना बालिका दिउँसो करीब ३ः४० बजेको समयमा नदी पारी गएकोमा उनीहरु फर्कने क्रममा एक्कासी आएको बाढीको कारण नदीको बीच भागमा फसेका थिए ।
त्यसपछि सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण रौतहट र सुरक्षा वेश भलोहियाबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली खटिई रबरबोटकोे सहायताले उनीहरुको उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4