+
फिफा विश्वकप २०२६ :

न्यूजिल्यान्ड र इजिप्टः स्पष्ट ३ अंकको खोजीमा दुवै टोली

२०८३ असार  ७ गते २०:५३ २०८३ असार ७ गते २०:५३

समूहका चारै टोलीसँग एक–एक अंक रहेकाले यस खेलको विजेताले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउनेछ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ मा रहेका न्यूजिल्यान्ड र इजिप्टबीचको खेल सोमबार बिहान पौने ७ बजे भ्यानकुभरमा शुरू हुँदैछ ।
  • पहिलो खेलमा बराबरी खेलेका दुवै टोली नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउन स्पष्ट तीन अङ्क जोड्ने लक्ष्यका साथ मैदान उत्रिँदैछन् ।
  • इजिप्टका स्टार खेलाडी मोहम्मद सलाह र न्यूजिल्यान्डका एलिया जस्ट यस खेलका मुख्य आकर्षणका रूपमा रहेका छन् ।

७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा सोमबार बिहान समूह ‘जी’ का न्यूजिल्यान्ड र इजिप्ट मैदान उत्रिँदैछन् । उक्त खेल सोमबार बिहान पौने ७ बजे भ्यानकुभर बीसी प्लेस स्टेडियममा सुरु हुनेछ ।

समूहका चारै टोलीसँग एक–एक अंक रहेकाले यस खेलको विजेताले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउनेछ । त्यसैले दुवै टोलीका लागि यो खेल अत्यन्त महत्वपूर्ण मानिएको छ ।

विश्वकपअघि समूह ‘जी को सबैभन्दा कमजोर टोली मानिएको न्युजिल्यान्डले पहिलो खेलमा इरानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । इलायजा जस्टले दुई गोल गरेपछि न्युजिल्यान्ड दुई पटक अग्रता लिन सफल भए पनि त्यसलाई जोगाउन नसक्दा खेल २–२ को बराबरीमा रोकिएको थियो ।

इजिप्टले बलियो युरोपेली टोली बेल्जियमविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै १–१ को बराबरी खेलेको थियो । खेलको ठूलो समय इजिप्ट हाबी देखिएको थियो र जित नजिक पुगेर पनि अन्ततः एक अंकमा चित्त बुझाउनुपरेको थियो । यसपटक दुवै टोली स्पष्ट ३ अंक लिने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।

विश्व फुटबलकै एक प्रतिष्ठित नाम हो, इजिप्टका मोहम्मद सलाह । उनको गति, ड्रिब्लिङ र गोल गर्ने क्षमता न्यूजील्यान्डको कमजोर डिफेन्सका लागि सबैभन्दा ठूलो चुनौती हुनेछ । खेलको जुनसुकै क्षणमा पनि उनले नतिजा उल्टाउन सक्छन् ।

पहिलो खेलमै इरानविरुद्ध उत्कृष्ट दुई गोल गरेर न्यूजिल्यान्डका एलिया जस्ट उच्च मनोबलमा छन् । उनको गति र सही स्थानमा बस्ने क्षमताले इजिप्टको डिफेन्सलाई समस्यामा पार्न सक्छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय