News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले काठमाडौंको धुम्बाराहीबाट स्रोत नखुलेको ११ लाख रुपैयाँ नगदसहित नुवाकोटका ३९ वर्षीय समिर लामालाई आइतबार राति पक्राउ गरेको छ ।
- बा.प्र.०२-०६५ प ५७८८ नम्बरको स्कुटरमा सवार लामालाई महाराजगञ्ज वृत्तको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको छ ।
८ असार, काठमाडौं । काठमाडौं महानगरपालिका-४ धुम्बाराहीबाट स्रोत नखुलेको नगद ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका ३९ वर्षीय समिर लामा रहेका छन् ।
प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले बा.प्र.०२-०६५ प ५७८८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगद सहित आइतबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4