News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले सडकपेटीमा व्यापार गर्न नदिएको भन्दै दृष्टिविहीन नागरिकहरूले माइतीघरमा सोमबार विरोध प्रदर्शन गरेका छन् ।
- प्रदर्शनकारीहरूले योग्यता अनुसारको रोजगारीको व्यवस्था नभए प्रति महिना २० हजार रुपैयाँ बेरोजगार भत्ता दिन सरकारसँग माग गरेका छन् ।
- सडकपेटीमा व्यापार गर्दा नगरप्रहरीले दमन गर्ने र अभद्र व्यवहार गर्ने गरेको दृष्टिविहीन नागरिक सुदीप ओलीले गुनासो गरे ।
८ असार, काठमाडौं । सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
काठमाडौं महानगरले सडकपेटी, मठमन्दिर र चोकहरूमा आफ्नो जीवनयापनका लागि काम गर्न नदिएको भन्दै उनीहरुले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा सडकपेटी आश्रित दृष्टिविहीन नागरिक सुदीप ओलीले सरकारले दृष्टिविहीनहरूको गाँस, बास र कपासको ग्यारेन्टी नगरेको र उल्टै सडकमा व्यापार गरेर जीवनयापन नदिएको गुनासो गरे ।
नगरप्रहरीहरूले आएर दमन गर्ने, दिनभर होल्डिङ सेन्टरमा थुन्ने र महिलाहरूमाथि अभद्र व्यवहार गर्ने गरेको उनले बताए । राज्यले दृष्टिविहीनहरूलाई सडकपेटीमा मर्यादित रूपमा गरी खान दिनुपर्ने, योग्यता अनुसारको रोजगारीको व्यवस्था गर्नुपर्ने उनको माग छ ।
राज्यले आफुहरुलाई रोजगार दिन नसकेको खण्डमा बेरोजगार भत्ता बापत प्रतिमहिना २० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।
प्रतिक्रिया 4