+
+
Shares

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

‘बन्द सत्र ढिला भएर हामी आतिएका छैनौं । यसलाई स्वभाविक रुपमा लिएका छौं । यस्ता यस्ता सम्भावनाका कारण एक दिन लम्बिन सक्छ है भनेर हामीले अस्ति केन्द्रीय समितिको बैठकमा पनि चर्चा गरेका थियौं । त्यसैले मानसिक रुपमा हामी तयार छौं,’ प्रवक्ता झाले भने।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते १४:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बन्द सत्र सुरु हुन ढिलो भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन एक दिन लम्बिन सक्ने प्रवक्ता मनिष झाले बताए ।
  • रास्वपा महाधिवेशनको बन्द सत्र सुरु हुन ढिलो भए पनि ‘बन्द सत्र ढिला भएर हामी आतिएका छैनौं’ भनी प्रवक्ता मनिष झाले बताए ।
  • महाधिवेशन प्रतिनिधिको संख्या बढेर सोमबार बिहानसम्म करिब ४ हजार ३ सय पुगेको जानकारी प्रवक्ता मनिष झाले दिए ।

८ असार, काठमाडौं । रास्वपाको महाधिवेशन लम्बिने भएको छ । बन्द सत्र सुरु हुन ढिला भइरहँदा प्रवक्ता मनिष झाले सञ्चारकर्मीसँग कुराकानी गर्दै एक दिन ढिला हुनसक्नेमा आफूहरू तयार रहेको बताए ।

विविध कारणले ढिला हुनसक्नेबारे यसअघि बसेको केन्द्रीय समिति बैठकमा पनि छलफल भएको उनले बताए ।

यद्यपि बन्द सत्र ढिलो हुँदा आफूहरू नआत्तिएको उनले बताए । ‘बन्द सत्र ढिला भएर हामी आतिएका छैनौं । यसलाई स्वभाविक रुपमा लिएका छौं । यस्ता यस्ता सम्भावनाका कारण एक दिन लम्बिन सक्छ है भनेर हामीले अस्ति केन्द्रीय समितिको बैठकमा पनि चर्चा गरेका थियौं । त्यसैले मानसिक रुपमा हामी तयार छौं,’ प्रवक्ता झाले भने।

साथै, उनले महाधिवेशन प्रतिनिधिको संख्या पनि बढेको जानकारी दिए । सोमबार बिहानसम्म करिब ४ हजार ३ सय प्रतिनिधि पुगेको अपडेट आफूले पाएको उनले बताए ।

यद्यपि मधेश प्रदेशका प्रतिनिधिहरू केही छुटेको र सोही छुटेकालाई समावेश गर्नेगरी गृहकार्य भइरहेको उनले बताए ।

‘बन्द सत्र सुरु हुन्छ । तर अलि विलम्ब भइसकेको छ । अहिले हामीले हिजोको सूची अनुसारको दर्ता सुरुवात गरेका छौं,’ उनले भने, ‘जति छुटेको छ अर्को टिमले त्यसमा होमवर्क गरौं भनेर गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?