News Summary
Generated by OK AI. Editorially reviewed.- स्न्यापच्याटले आफ्नो विज्ञापन व्यवसायलाई बलियो बनाउन आर्टिफिसियल इन्टेलिजेन्समा आधारित नयाँ फिचरहरूको घोषणा गरेको छ।
- कम्पनीले मोडेल कन्टेक्स्ट प्रोटोकल सर्भरमार्फत आफ्नो विज्ञापन प्लेटफर्मलाई तेस्रो-पक्ष एआई एजेन्टहरूका लागि पनि खुला गरेको छ।
- पहिलो त्रैमासिकमा अमेरिका र युरोप जस्ता ठूला बजारमा स्न्यापच्याटको प्रयोग घटेपछि विज्ञापनको प्रभावकारिता बढाउन यो रणनीति ल्याइएको हो।
८ असार, काठमाडौं । स्न्यापच्याट कम्पनीले आफ्नो विज्ञापन व्यवसायलाई बलियो बनाउन आर्टिफिसियल इन्टेलिजेन्समा आधारित नयाँ फिचरहरूको घोषणा गरेको छ। यसमा एउटा गाइडेड एड सेट-अप प्रोसेस, डाइनामिक प्रडक्ट एड्स र अपडेटेड क्रिएटिभ टुल्स सामेल छन्।
पहिलो अपडेटअन्तर्गत, स्न्यापच्याटले स्न्यापच्याट एड्स म्यानेजर भित्र एउटा एआई-पावर्ड च्याटबट ल्याएको छ। यस बोटको मद्दतले एड्भरटाइजर्सहरूले आफ्नो उद्देश्य व्याख्या गरेर क्याम्पेन सेट-अपका लागि आवश्यक सुझावहरू प्राप्त गर्न सक्नेछन्। यसका साथै यो एआई असिस्टेन्टले विज्ञापनका गल्तीहरू सुधार्न, पर्फर्मेन्स बढाउन र क्याम्पेनको सम्भाव्यतालाई बढावा दिन विभिन्न नोटहरू र सिफारिसहरू पनि उपलब्ध गराउनेछ। डिजिटल विज्ञापन प्लेटफर्महरूमा एआई असिस्टेन्ट राख्ने पछिल्लो ट्रेन्डलाई पछ्याउँदै स्न्यापच्याटले यो फिचर ल्याएको हो।
स्न्यापच्याटले आफ्नो ‘डाइनामिक प्रडक्ट एड्स’ लाई पनि नयाँ प्रविधिसँग अपडेट गरेको छ। यसमा एजेन्टिक रेकमेन्डेसन मोडल्स प्रयोग गरिएको छ। यसले युजरको व्यवहार, प्रडक्टप्रतिको रुचि र रियल-टाइम इन्टेन्टलाई सङ्कलन गर्नेछ। यसका आधारमा स्न्यापच्याट युजरहरूलाई उनीहरूको रोजाइ अनुसारका सबैभन्दा सान्दर्भिक प्रडक्टहरू थप सटिकताका साथ सिफारिस गरिनेछ। यसले विज्ञापनको पर्फर्मेन्सलाई अझ बलियो बनाउनेछ।

कम्पनीले नयाँ क्रिएटिभ एआई टुल्स पनि थपेको छ। यसमा ‘स्मार्ट अपस्केल’ सामेल छ, जसले पुराना विज्ञापन सामग्रीहरूलाई स्न्यापच्याटको फुल-स्क्रिन भर्टिकल फम्र्याटमा सजिलै फिट गराउनेछ। यसका साथै इमेज-टु-भिडियो जेनेरेसन र ब्याकग्राउन्ड इमेज एन्हासमेन्ट फिचर पनि ल्याइएको छ। यसको मद्दतले मार्केटर्सहरूले आफ्ना भिजुअल सामग्रीहरूको ब्याकग्राउन्ड र कन्टेक्स्टलाई एआईमार्फत सजिलै अपडेट गर्न सक्नेछन्।
स्न्यापच्याटले आफ्नो मोडेल कन्टेक्स्ट प्रोटोकल (एमसीपी) सर्भरमार्फत यो विज्ञापन प्लेटफर्मलाई थर्ड-पार्टी एआई एजेन्ट्सका लागि पनि खुल्ला गरिदिएको छ। अब मार्केटर्सहरूले स्न्यापच्याट विज्ञापन चलाउनका लागि आफ्नो रोजाइको कुनै पनि एआई टुल कनेक्ट गरेर प्रयोग गर्न सक्नेछन्।
स्न्यापच्याटले ‘स्न्याप क्रिएटर नेटवर्क’ नामक नयाँ फिचरको घोषणा गरेको छ। यो एउटा एआई-पावर्ड सिस्टम हो । जसले विज्ञापनका लागि क्रिएटर वा इन्फ्लुएन्सर खोज्ने र क्याम्पेन एक्टिभेट गर्ने कामलाई सरल बनाउँछ। एड्भरटाइजर्सहरूले आफूलाई कस्तो खालको क्रिएटर चाहिएको हो (जस्तै: कस्ता अडियन्स भएका, कस्तो टोन वा क्याटेगोरीका) भनेर विवरण लेखेपछि यो सिस्टमले मिल्दाजुल्दा क्रिएटरहरू स्वतः सिफारिस गरिदिनेछ।

यसले क्रिएटरहरूको प्रोफाइल म्यानुअल रूपमा हेरिरहनुपर्ने झन्झटलाई कम गर्नेछ र ब्रान्डहरूलाई आफ्नो आइडिया तुरुन्तै लागू गर्न सघाउनेछ। यो क्रिएटर नेटवर्क यसै वर्षको अन्त्यतिर सार्वजनिक हुनेछ।
पहिलो त्रैमासिक (क्यू वान) मा अमेरिका र युरोप जस्ता ठुला बजारहरूमा स्न्यापच्याटको युसेज घटेको छ। यसले एपको अडियन्स ग्रोथ एक ठाउँमा रोकिएको सङ्केत गर्छ। यस्तो अवस्थामा स्न्यापच्याटले आफ्ना पुराना युजरहरूबाटै बढी आम्दानी गर्नुपर्ने हुन्छ। त्यसैले विज्ञापनदाताहरूको आरओआई सुधार्न र विज्ञापनको प्रभावकारिता बढाउन स्न्यापच्याटले यो नयाँ एआई विज्ञापन रणनीति अपनाएको हो।
प्रतिक्रिया 4