+
+
Shares

विष्णु पौडेल पक्राउप्रति महेश बस्नेतको टिप्पणी : ‘कुखुरा मर्‍यो भन्दा पनि स्याल पल्कियो’

उनले कुनै पनि कानुनी कारबाही निष्पक्षता, विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार हुनुपर्ने उल्लेख गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते १९:०३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले सचिव महेश बस्नेतले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको घटनाप्रति आपत्ति जनाए ।
  • उनले राजनीतिक प्रतिशोधको भावनाले प्रेरित भएर नेताहरूलाई पक्राउ गरिनु उचित नहुने बताए ।
  • उनले 'आज एक व्यक्तिमाथि भएको अन्याय भोलि समग्र राजनीतिक प्रणालीमाथिको आक्रमण बन्न सक्छ' भन्दै प्रतिवाद गर्न आग्रह गरे ।

८ असार, काठमाडौं । एमाले सचिव महेश बस्नेतले उपाध्यक्ष विष्णु पौडेल पक्राउ गरेको प्रति आपत्ति जनाएका छन् ।

उनले कानुनी राज्यमा तथ्य र प्रमाणको निष्पक्ष परीक्षणपछि मात्र कानुनी प्रक्रिया अगाडि बढ्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गरिनु उचित नहुने धारणा व्यक्त गरेका छन्।

उनले कुनै पनि कानुनी कारबाही निष्पक्षता, विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार हुनुपर्ने उल्लेख गरेका छन् ।

बस्नेतले एमाले कार्यकर्ता तथा समर्थकलाई उक्त घटनालाई एक व्यक्तिसँग सम्बन्धित विषयका रूपमा नभई लोकतान्त्रिक अधिकार, राजनीतिक स्वतन्त्रता र विधिको शासनसँग जोडिएको विषयका रूपमा बुझ्न आग्रह गरेका छन्।

‘आज एक व्यक्तिमाथि भएको अन्याय भोलि समग्र राजनीतिक प्रणालीमाथिको आक्रमण बन्न सक्छ’ भन्दै उनले यस्ता प्रवृत्तिको प्रतिवाद गर्नुपर्ने उल्लेख गरे ।

‘कुखुरा मर्‍योभन्दा पनि स्याल पल्कियो’ भन्ने चेतका साथ घटनालाई गम्भीर रूपमा लिनुपर्ने धारणा राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?