+
फिफा विश्वकप २०२६ :

मेस्सीको दुई गोलमा अर्जेन्टिना विजयी, नकआउट चरणमा प्रवेश

२०८३ असार  ९ गते ०:४८ २०८३ असार ९ गते ०:४८

डालास स्टेडियममा भएको खेलमा अष्ट्रियालाई २–० ले पराजित गर्दे अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

८ असार, काठमाडौं । कप्तान लियोनल मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाले अष्ट्रियालाई पराजित गरेको छ ।

डालास स्टेडियममा भएको खेलमा अष्ट्रियालाई २–० ले पराजित गर्दे अर्जेन्टिना फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

अर्जेन्टिनाको जितमा कप्तान मेस्सीले दुई गोल गरे । उनले ३८औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । फ्याकुन्डो मेडिनाको पास कन्ट्रोल गरेर उत्कृष्ट गोल गर्दै खाता खोलेका थिए।

दोस्रो हाफको इन्जुरी समयमा अर्काे गोल गर्दै मेस्सीले २–० को जित दिलाए ।

उक्त खेलमा मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजलाई पछि पार्दै सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बनाएका छन् । उनले विश्वकपमा १८ गोल गरिसकेको छन् ।

समूह ‘जे’ मा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ । अष्ट्रिया २ खेलबाट ३ अंक जोड्दै दोस्रो स्थानमा छ । समान एक खेल खेलेका जोर्डन र अल्जेरिया अंकविहीन छन् ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय