+
फिफा विश्वकप २०२६ :

विश्वकप साँच्चिकै गज्जबको हुँदो रहेछः एर्लिङ हाल्यान्ड

२०८३ असार  ९ गते ९:१४ २०८३ असार ९ गते ९:१४

सेनेगललाई हराएर नकआउटमा प्रवेश गरेपछि हाल्यान्डले एउटा अद्भुत रात भएको र त्यसमा धेरै गर्व महसुस भएको बताएका हुन् ।

९ असार, काठमाडौं । नर्वेका फरवार्ड एर्लिङ हाल्यान्डले देशका लागि गोल गर्न पाउँदा गर्व महसुस भइरहेको बताएका छन् ।

सेनेगललाई हराएर नकआउटमा प्रवेश गरेपछि हाल्यान्डले एउटा अद्भुत रात भएको र त्यसमा धेरै गर्व महसुस भएको बताएका हुन् ।

‘यो फेरि पनि विशेष रह्यो । अर्को एउटा अद्भुत रात र मलाई धेरै गर्व महसुस भइरहेको छ । म यसको निकै आनन्द लिइरहेको छु,’ उनले भने ।

विश्वकपको डेब्यु खेलमै दुई गोल गरेको हाल्यान्डले दोस्रो खेलमा पनि दुई गोल गर्न सफल भए । दुइै खेलमा ४ गोल गरेपछि उनले विश्वकप साँच्चिकै भएको सुनाए ।

‘मैले आफ्नो डेब्यु देखि नै नर्वेका लागि खेल्दा सधैँ रमाइलो महसुस गरेको छु र त्यो तपाईंहरूले मैदानमा पनि देख्न सक्नुहुन्छ । विश्वकप साँच्चिकै गज्जबको हुँदो रहेछ,’ उनले भने ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय