९ असार, काठमाडौं । कर्णालीमा बेपत्ता भएका ट्रकका चालकको खोजी एक सातादेखि सशस्त्र प्रहरीले जारी राखेको छ ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपािलका–७ पाल्तडा (ताराबजार) नजिकै कर्णाली नदीमा नुहाउने क्रममा निवन रोकाय बेपत्ता भएका थिए । २ असारमा मुगुबाट सुर्खेततर्फ जाने क्रममा कर्णाली प्रदेश ०२–००१ क ०७८० नबरको मिनि ट्रक ताराबजार नजिकै रोकी उनी नदीमा नुहाउन गएका थिए ।
डोल्पाको जगदुल्ला गाउँपािलका– ३ बस्ने २४ वर्षीय उनी त्यसयता वेपत्ता छन् । सो घटना बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा वेश दैलेखबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोली, नेपाल प्रहरी र आफन्तहरुले खोजीकार्य गरिरहेकोमा थप मद्दतको लागि सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोर परिचालन गरिएको थियो ।
खोजी कार्यलाई प्रभाबकारी बनाउनको लागि असार ८ गते विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनबाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमाण्डमा सोनार क्यामरा र अण्डर ड्रोन क्यामरासहित गोताखोर र विपद् व्यवस्थापन तालिम प्राप्त टोली समेत परिचालन गरिएको छ ।
प्रतिक्रिया 4