९ असार, काठमाडौं । आन्तरिक राजस्व विभागले हिरामा लाग्ने मूल्य अभिवृद्धि कर नहटेको स्पष्ट पारेको छ ।
आर्थिक विधेयक २०८३ ले मूल्य अभिवृद्धि ऐन २०५२ को अनुसूची १ को समूह ११ मा गरेको संशोधनमा उल्लेख प्रावधानका कारण सर्वसाधारण, उपभोक्ता तथा व्यवसायीमा अन्योल उत्पन्न भएको भन्दै विभागले त्यस्तो व्यवस्था नगरिएको स्पष्ट पारेको छ । सो अनुसूचीमा मूल्य अभिवृद्धि कर छुट हुने वस्तु तथा सेवाको सूची हो ।
विभागले भनेको छ, ‘मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम अनुसूची १ मा उल्लिखित कर छुट हुने वस्तु तथा सेवाको सूचीको शीर्षक चार अन्तर्गत समावेश भएको उपशीर्षक (८ अंक)को वस्तु तथा सेवाहरुमा मात्र कर छुट हुन्छ । अतः शीर्षक ७१.०२ परिष्कार गरिएको वा नगरिएको तर नजडेको वा सेटमा नराखिएको हिरा अन्तर्गत कुनै पनि उपशीर्षक (८ अंक) समावेश नगरिएको शीर्षक मात्र उल्लेख भएको कारण उक्त शीर्षकमा कर छुट हुँदैन ।’
प्रतिक्रिया 4