+
+
Shares

कांग्रेस सांसद तिमिल्सिनाको आरोप– सरकारका गतिविधिले मुलुक ध्वस्त बनाउने अवस्था आयो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १६:१०

९ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद जगत तिमिल्सिनाले सरकारका हरेक गतिविधिले मुलुकलाई नै ध्वस्त बनाउने अवस्था आएको आरोप लगाएका छन् ।

सरकारका गतिविधि भदौ २४ गते सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत जलाउने जस्तो भएको उनको आरोप थियो ।

मंगलवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य तिमिल्सिनाले यस्तो आरोप लगाएका हुन् ।

‘यस्तो बेहाल र लथालिंग बनाइएको छ कि शिक्षा क्षेत्रलाई । यो वास्तवमा भन्ने हो भने अहिले शिक्षा क्षेत्रलाई कस्तो गरिएको छ भने जसरी भदौ २४ गते सिंहदरवार, संसद, शीतल निवास, सर्वोच्चमा आगो लगाइयो । त्यो भन्दा कम छैन यो । शिक्षा क्षेत्रलाई त्यस्तो बनाइएको छ,’ उनले भने ।

सरकारले नीति तथा कार्यक्रम ल्याउने बेलामा विश्वविद्यालयहरुको पदाधिकारी हटाउने काम गरेर गम्भिर गल्ती गरेको सांसद तिमिल्सिनाको भनाइ थियो ।

‘कस्तो बेलामा पदमुक्त गराइएको छ भने विश्वविद्यालयले आफनो वर्षभरीको बजेट बनाउने बेलामा पदाधिकारीलाई पदमुक्त गरिएको छ,’ उनले थप भने, ‘त्यसपछि यो बेला भनेको अव नयाँ प्रोग्रामहरु के गर्ने भनेर प्राज्ञिक परिषद्को मिटिङ गराउने बेलामा यो इनटेनसनली नै यो देशलाई ध्वस्त बनाउन नै गरिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?