+
+
Shares

राजनीति जनताको सेवा गर्ने औजार होः मन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा गर्ने औजार भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १८:५१

९ असार, चितवन । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा गर्ने औजार भएको बताएका छन् ।

सूचना तथा सञ्चार मन्त्राल यअन्तर्गतका यहाँस्थित कार्यालयहरुको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले राजनीति कसैको शक्ति प्रदर्शन गर्ने हतियार नभएको बताएका हुन् ।

उनले भने, ‘राजनीति जनताको सेवा गर्ने औजार हो । कसैको शक्ति प्रदर्शन गर्ने हतियार होइन ।

उनले सरकारले जिम्मेवारीपूर्वक जनताको भावनाअनुसार काम गर्ने बताए । जनतासँग गरेका वाचा पूरा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

पदको दुरुपयोग भएमा जनताले कारबाही गर्ने बताउँदै उनले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?