+
फिफा विश्वकप २०२६ :

पोर्चुगललाई १७ मिनेटमै दुई गोलको अग्रता

२०८३ असार  ९ गते २३:१० २०८३ असार ९ गते २३:१०

आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तान विरुद्ध १७ मिनेट भित्रै दुई गोल गरेको छ ।

९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूहको के को आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तान विरुद्ध १७ मिनेट भित्रै दुई गोल गरेको छ ।

कप्तान  क्रिस्टियानो रोनाल्डोले लगातार ६ फिफा विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएको खेलमा पोर्चुगलले सुरुवाती अग्रता लिएको हो ।

यसअघि पहिलो खेलमा डिआर कंगो विरुद्ध गोल गर्न असफल भएका रोनाल्डोले ह्युस्टन स्टेडियममा उज्वेकिस्तान विरुद्ध छैटौं मिनेटमै गोल गर्दे पोर्चुगललाई अग्रता दिलाएका हुन् ।

त्यसपछि नुनो मेन्डेजले १७औं मिनेटमा फ्रिकिकमा गोल गरी अग्रता दोब्बर पारे ।

रोनाल्डोले सन् २००६ देखि २०२६ सम्म लगातार ६ विश्वकप खेल्दा ६ वटै विश्वकपमा गोल गरेका हुन् ।

रोनाल्डोले सन् २००६ मा डेब्यु विश्वकपमा १ गोल गरेका थिए भने २०१० र २०१४ मा पनि १-१ गोल गरेका थिए । यस्तै सन् २०१८ मा भने स्पेन विरुद्ध ह्याट्रिकसहित ४ गोल गरेका थिए । सन् २०२२ मा १ गोल गरेका थिए भने हाल उत्तर अमेरिकामा भइरहेको विश्वकपमा पनि १ गोल गरिसकेका छन् ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय