+
फिफा विश्वकप २०२६ :

पहिलो हाफमै रोनाल्डोको दुई गोल

२०८३ असार  ९ गते २३:२८ २०८३ असार ९ गते २३:२८

रोनाल्डोले पहिलो हाफमा दुई गोल गर्दा पोर्चुगलले ३-० को अग्रता बनाइसकेको छ । 

९ असार, काठमाडौं । क्रिस्टियानो रोनाल्डो फिफा विश्वकप २०२६ अन्तर्गत उज्वेकिस्तान विरुद्ध पहिलो हाफमै दुई गोल गरेका छन् ।

समूह के अन्तर्गत अमेरिकाको ह्युस्टनमा भइरहेको खेलमा रोनाल्डोले पहिलो हाफमा दुई गोल गर्दा पोर्चुगलले ३-० को अग्रता बनाइसकेको छ ।

रोनाल्डोले खेलको छैटौं मिनेटमै पहिलो गोल गर्दे पोर्चुगललाई अग्रता दिलाएका थिए । उक्त गोलपछि रोनाल्डो लगातार ६ फिफा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने ।

यसअघि समूहको पहिलो खेलमा डिआर कंगो विरुद्ध गोल गर्न असफल भएका रोनाल्डोले उज्वेकिस्तान विरुद्ध सुरुमै कीर्तिमानी गोल गरे ।

रोनाल्डोले सन् २००६ देखि २०२६ सम्म लगातार ६ विश्वकप खेल्दा ६ वटै विश्वकपमा गोल गरेका हुन् ।

नुनो मेन्डेजले १७औं मिनेटमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारेका थिए ।

रोनाल्डोले ३९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका हुन् । विश्वकपमा रोनाल्डोको कुल गोल संख्या १० पुगेको छ । उनले दोस्रो पटक विश्वकपको एकै संस्करणमा एक भन्दा बढी गोल गरेका हुन् ।

रोनाल्डोले सन् २००६ मा डेब्यु विश्वकपमा १ गोल गरेका थिए भने २०१० र २०१४ मा पनि १-१ गोल गरेका थिए । यस्तै सन् २०१८ मा भने स्पेन विरुद्ध ह्याट्रिकसहित ४ गोल गरेका थिए । सन् २०२२ मा १ गोल गरेका थिए भने हाल उत्तर अमेरिकामा भइरहेको विश्वकपमा पनि १ गोल गरिसकेका छन् ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय