१३ असार, काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत सिटल स्टेडियममा जारी खेलमा इरानविरुद्ध इजिप्टले पाँच मिनेटभित्रै हासिल गरेको अग्रतामा १४ मिनेटमै इरानले बराबरी गरेको छ ।
इजिप्टका लागि महमुद साबेरले खेलको पाँचौं मिनेटमा गोल हान्दै टिमलाई अग्रता दिलाएका थिए ।
यस्तै खेलको ११ औं मिनेटमा इरानले पेनाल्टी पाएको थियो, जसमा इरानका मेहदी तारेमी गोल गर्न चुके ।
इरानका लागि १४ औं मिनेटमा रमिन रजाइनले बराबरी गोल गरेका हुन् ।
प्रतिक्रिया 4