१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा पहिलो पटक सहभागी रहेको केप भर्डे नकआउट चरणमा पुगेको छ ।
समुह ‘एच’मा अपराजित रहँदै उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो । यो समुहबाट ७ अंक बटुल्दै स्पेन समुह विजेता बन्यो ।
शनिबार सम्पन्न अन्तिम खेलमा पनि केप भर्डेले साउदी अरेबियासँग बराबरी खेल्दै ३ अंक जुटायो । यसअघि केप भर्डेले स्पेन र उरुग्वेसँग पनि बराबरी खेलेको थियो ।
शनिबारै भएको अर्को खेलमा स्पेनसँग १–० गोल अन्तरले पराजित भएको उरुग्वे भने समुह चरणबाटै बाहिरियो । उरुग्वे दुई पटकको विश्वविजेता पनि हाे ।
जारी विश्वकपमा डेब्यु गरेका चार टिम मध्ये केप भर्डे मात्रै नकआउट चरणमा पुगेको छ ।
अन्य तीन टिमहरू कुरासाओ र जोर्डन भने समुह चरणबाटै बाहिरिएका छन् । उज्बेकिस्तानकाे सम्भावना भने कम छ ।
राउन्ड अफ ३२ मा अब केप भर्डेको प्रतिस्पर्धा साविक विजेता अर्जेन्टिनासँग हुने भएको छ ।
प्रतिक्रिया 4