+
फिफा विश्वकप :

इजिप्ट समूह ‘जी’को उपविजेता, इरानको नकआउट सम्भावना कायमै

२०८३ असार  १३ गते १०:५४ २०८३ असार १३ गते १०:५४

इरानका लागि यो खेल निकै दुर्भाग्यपूर्ण रह्यो । एक पेनाल्टी चुक्दा र अन्तिममा इन्जुरी समयमा गरिएको गोल अफसाइड भएपछि इरान जित निकाल्नबाट चुकेको हो ।

१३ असार, काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत शनिबार भएको इजिप्ट र इरानबीचको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ ।

इरानका लागि यो खेल निकै दुर्भाग्यपूर्ण रह्यो । एक पेनाल्टी चुक्दा र अन्तिममा इन्जुरी समयमा गरिएको गोल अफसाइड भएपछि इरान जित निकाल्नबाट चुकेको हो ।

खेलको पाँच मिनेटमा इजिप्टका महमुद साबेरले गोल हान्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ११ औं मिनेटमा इरानले पेनाल्टी पाएको थियो, जसमा इरानका मेहदी तारेमी गोल गर्न चुके ।

त्यसपछि इरानका लागि १४ औं मिनेटमा रमिन रजाइनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको अन्तिममा थपिएको समयमा इरानले गोल प्रहार गरेको थियो । तर, त्यसलाई रेफ्रीले भीएआर जाँच गर्दै अफसाइड करार गरिदिए ।

यो खेलपछि इजिप्ट समूह ‘जी’मा एक जित, दुई बराबर खेल्दै ५ अंकसहित अंकतालिकामा दोस्रो रह्यो । यो समूहको विजेता ५ अंक नै रहेको बेल्जियम समूह विजेता बन्यो ।

इरान ३ अंक सहित अंक तालिकामा तेस्रो स्थानमा छ । उसको नकआउट चरणमा पुग्ने सम्भावना अझैँ जीवित रहनेछ ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय