+
+
Shares

अभिषेक गिरी पक्राउ पर्दा कारागारभित्रै प्रदर्शन

गिरी शनिबार बिहान विराटनगर–८, मधुमारास्थित  घरबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि शनिबार दिउँसो कैदीबन्दीले कारागार भित्र प्रदर्शन गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १३ गते १६:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैदीबन्दीको १३ लाख ४० हजार रुपैयाँ बराबरको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा अभिषेक गिरी शनिबार पक्राउ परेका छन् ।
  • गिरी पक्राउ परेपछि मोरङ कारागारका कैदीबन्दीहरू दुई समूहमा विभाजित भई कारागार परिसरभित्रै प्रदर्शनमा उत्रिएका छन् ।
  • पक्राउ परेका गिरीले छाती दुखेको गुनासो गरेपछि प्रहरीले उनलाई उपचारका लागि कोशी अस्पतालमा भर्ना गरेको छ ।

१३ असार, विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूसँग अवैध रकम असुली गरेको आरोपमा अभिषेक गिरी पक्राउ पर्दा मोरङ कारागार भित्र प्रदर्शन भएको छ ।

कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग आरोपमा गिरी शनिबार पक्राउ परेपछि कारागारभित्र प्रदर्शन भएको हो ।

गिरी शनिबार बिहान विराटनगर–८, मधुमारास्थित  घरबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि शनिबार दिउँसो कैदीबन्दीले कारागार भित्र प्रदर्शन गरेका हुन् ।

जिल्ला कारागार मोरङका जेलर राजन घिमिरेका अनुसार ब्लक बी का कैदीबन्दीले गिरीको पक्षमा प्रदर्शन गरेका छन् । सोही ब्लकका कैदीबन्दीको १३ लाख ४० हजार भत्ता दुरुपयोग गरेको आरोप गिरीमाथि छ । ब्लक ए का कैदीबन्दीले भने गिरीविरुद्ध बोकेर प्रदर्शन गरेका छन् ।

मोरङ कारागारमा ३ वटा ब्लक छन् । ती ब्लकमा रहेका १ हजार १ सय ८५ कैदीबन्दीलाई गर्मीभत्ता बापत २ हजार ५ सयका दरले वितरण गरिएको थियो । जेलर घिमिरेका अनुसार ए ब्लकमा ५३९ जना, बी ब्लकमा ५३६ जना र महिला ब्लकमा ११० जना छन् ।

बी ब्लकका ५३६ जनालाई वितरण गरिएको १३ लाख ४० हजार रुपैयाँ भने वितरण गरेको केही समयमा गायब भएको थियो । सोही घटनामा जोडिएपछि गिरी पक्राउ परेका थिए । शनिबार बिहान पक्राउ परेका उनी छाती दुख्यो भन्दै अस्पताल भर्ना भएका छन् । छाती दुख्यो भनेपछि उनलाई प्रहरीले कोशी अस्पताल भर्ना गरेको छ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष सजाय भुक्तान पछि गिरी दुई वर्षयता कारागार बाहिर छन् । तर, कारागार भित्रको आन्तरिक व्यवस्थापन अझै उनले हस्तक्षेप गरिरहेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?