+

टप रोप तथा लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप असार २७ र २८ मा

२०८३ असार  १२ गते २१:४६ २०८३ असार १२ गते २१:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनले आगामी असार २७ र २८ गते काठमाडौंमा टप रोप तथा लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको छ ।
  • गोकर्णेश्वरस्थित गेटवे एडभेन्चर हबमा हुने उक्त प्रतियोगिताको मुख्य उद्देश्य नयाँ खेलाडीको पहिचान र साहसिक खेलतर्फ युवा पुस्तालाई आकर्षित गर्नु रहेको छ ।
  • प्रतियोगितामा टप रोप र लिड क्लाइम्बिङ विधामा प्रतिस्पर्धा हुनेछ भने १७ वर्ष उमेर पुगेका नेपाली नागरिकले लिड विधामा सहभागिता जनाउन सक्नेछन् ।

१२ असार, काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (एनसीएसए) अन्तर्गत काठमाडौं उपत्यका विशेष समिति (केभीएससी) र बागमती प्रदेश नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको संयुक्त आयोजनामा हुने ‘टप रोप तथा लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप २०२६’ आगामी असार २७ र २८ गते (जुलाई ११–१२) काठमाडौंमा आयोजना हुने भएको छ।

प्रतियोगिताबारे जानकारी दिन सोमबार काठमाडौंको बालुवाटारस्थित रोयल एम्पायर बुटिक होटलमा पत्रकार सम्मेलन गरिएको हो। प्रतियोगिता गोकर्णेश्वर–४, जगडोलस्थित गेटवे एडभेन्चर हब क्लाइम्बिङ सेन्टरमा हुनेछ। उद्घाटन समारोह असार २७ गते बिहान ७ बजे हुनेछ भने समापन तथा पुरस्कार वितरण असार २८ गते दिउँसो ४ बजे गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य नेपालमा क्लाइम्बिङ खेलको विकास, नयाँ प्रतिभाको पहिचान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन तथा युवा पुस्तालाई साहसिक खेलतर्फ आकर्षित गर्नु हो।

प्रतियोगितामा दुई विधामा प्रतिस्पर्धा हुनेछ। टप रोप क्लाइम्बिङ खुला प्रतिस्पर्धाका रूपमा सञ्चालन हुनेछ, जसको दर्ता शुल्क ५०० रुपैयाँ तोकिएको छ। यो विधा विशेषगरी नयाँ तथा प्रारम्भिक चरणका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको हो।

यस्तै लिड क्लाइम्बिङ पुरुष र महिला खुला विधामा हुनेछ। यसमा सहभागी हुन नेपाली नागरिक हुनुपर्ने तथा उमेर १७ वर्ष वा सोभन्दा माथि हुनुपर्नेछ। यस विधाको दर्ता शुल्क २ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ।

पत्रकार सम्मेलनमा आयोजकले नेपालमा ओलम्पिक विधाको रूपमा विकास हुँदै गएको क्लाइम्बिङ खेलको प्रवर्द्धनमा सञ्चारमाध्यमले पुर्‍याएको योगदानप्रति धन्यवाद व्यक्त गरेको थियो। साथै प्रतियोगिता सफल बनाउन सहयोग पुर्‍याएको भन्दै बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाप्रति विशेष आभार व्यक्त गरिएको थियो।

आयोजकले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै प्रायोजक, साझेदार संस्था तथा सहयोगीहरूप्रति पनि धन्यवाद ज्ञापन गर्दै प्रतियोगिताले नेपाली क्लाइम्बिङको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

टप रोप तथा लिड ओपन क्लाइम्बिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय