+

महिला टी-२० विश्वकप २०२८ का लागि ९ टोली स्वत: छनोट

२०८३ असार  १३ गते २२:५९ २०८३ असार १३ गते २२:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी महिला टी-२० विश्वकपका शीर्ष आठ टोली र आयोजक पाकिस्तानले सन् २०२८ को विश्वकपमा स्थान पक्का गरेका छन् ।
  • समूह ‘ए’ बाट अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका र बंगलादेश तथा समूह ‘बी’ बाट इङ्ल्यान्ड, वेस्ट इन्डिज, न्युजिल्यान्ड र श्रीलंका सिधै छनोट भएका छन् ।
  • सन् २०२६ को जुलाई ६ सम्मको आईसीसी वरीयताका आधारमा बाँकी टोलीको टुङ्गो लाग्नेछ भने श्रीलंकामा हुने च्याम्पियन्स ट्रफीका लागि पनि वरीयता नै मापदण्ड रहनेछ ।

१३ असार, काठमाडौं । इंग्ल्यान्डमा भइरहेको आईसीसी महिला टी-२० विश्वकपमा दुई समूहका शीर्ष चार स्थानमा रहेका आठ टोली र पाकिस्तानले सन् २०२८ को टी-२० विश्वकपमा स्थान सुरक्षित गरेका छन् ।

समूह ‘ए’ बाट अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका र बंगलादेशले आगामी विश्वकपमा स्थान पक्का गरेका छन् । यस्तै समूह ‘बी’बाट इङ्ल्यान्ड, वेस्ट इन्डिज, न्युजिल्यान्ड र श्रीलंकाले पनि सिधै छनोट भएका छन् ।

आयोजक राष्ट्र पाकिस्तान भने समूह ‘बी’मा पाँचौं स्थानमा रहे पनि प्रतियोगिताको आयोजक भएकाले स्वतः २०२८ को विश्वकपमा सहभागी हुनेछ । पाकिस्तानले यस संस्करणमा पाँच खेलमध्ये एक खेल मात्र जितेको थियो ।

स्कटल्यान्ड भने शुक्रबार श्रीलंकासँग पराजित भएपछि सिधै छनोट हुने अवसर गुमाएको छ ।

१२ टोली सहभागी हुने प्रतियोगिताको दशौं स्थान जुलाई ६, २०२६ सम्मको आईसीसी टी२० अन्तर्राष्ट्रिय वरीयताका आधारमा निर्धारण हुनेछ । हालको अवस्थामा नवौं वरीयतामा रहेको आयरल्यान्ड उक्त स्थानमा रहने सम्भावना छ ।

बाँकी दुई टोली भने १० टोली सहभागी हुने ग्लोबल क्वालिफायरबाट छनोट हुनेछन् । यसअघि विभिन्न क्षेत्रीय छनोट प्रतियोगितामार्फत टोलीहरूले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् ।

हाल १४औं वरीयतामा रहेको नेदरल्यान्ड्स, ११औं स्थानको स्कटल्यान्ड तथा नवौं स्थानको आयरल्यान्ड वरीयतामा पछि परेमा मुख्य प्रतियोगितामा पुग्न ग्लोबल क्वालिफायर खेल्नुपर्ने अवस्था आउन सक्छ ।

यसैबीच, आईसीसीले आगामी वर्ष श्रीलंकामा हुने पहिलो महिला च्याम्पियन्स ट्रफीको टोली संरचना पनि तय गरेको छ । आयोजक श्रीलंकासहित जुलाई ६ को टी-२०आई वरीयताको शीर्ष पाँच टोली प्रतियोगितामा सहभागी हुनेछन् ।

हालको वरीयताअनुसार अष्ट्रेलिया, इङ्ल्यान्ड, भारत, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले स्थान बनाउने देखिएको छ।

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट महिला टी-२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय