१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत पानमाविरुद्धको पहिलो हाफमा चर्को दबाब गरेपनि गोल गर्न नसकेको इंग्ल्यान्डले दोस्रो हाफमा भने आक्रामक रवैया अपनाएको छ ।
जसअन्तर्गत ६७ मिनेटसम्मको खेलमा उसले दुई गोल गरिसकेको छ ।
इंग्ल्यान्डका लागि खेलको ६२ औं मिनेटमा जुड बर्लिनगमले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । बुकारो साकाले प्रहार गरेको कर्नर किकमा बर्लिनगमले गोल प्रहार गरेका थिए ।
त्यसको ५ मिनेट नबित्दै ह्यारी केनले ६७ औं मिनेटमा अर्को गोल थपेका छन् ।
प्रतिक्रिया 4