१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनसँगको जारी खेलमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेको छ ।
डीबक्सभित्र जोर्डनका खेलाडीले फल गरेपछि रेफ्रीले ‘भीएआर’ हेरेर पेनाल्टी दिएका थिए । जसलाई ३१ मिनेटमा लउतारो मार्टिनेजले गोलमा परिणत गरे ।
यसअघि अर्जेन्टिनाका लागि खेलको १९ औं मिनेटमा जियोभानी लो सेल्सोले फ्री किकमार्फत गोल गरेका थिए ।
यसरी अर्जेन्टिनाले २–०को अग्रता कायम गरेको छ ।
प्रतिक्रिया 4