१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अल्जेरिया र अस्ट्रियाबीच जारी खेलमा पहिलो हाफ सकिँदा दुवै टोली बराबरीमा छन् ।
अस्ट्रियाले अग्रता लिएको पहिलो हाफको अन्तिम समयमा अल्जेरियाले गोल फर्काएपछि १–१ को बराबरीमा खेल आएको हो ।
खेलको २८ औं मिनेटमा अस्ट्रियाका मार्को अर्नाटोभिचले गोल गर्दै अग्रता दिलाएका थिए ।
त्यसपछि ४५ औं मिनेटमा अल्जेरियाका रफिक बेलघालीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् ।
प्रतिक्रिया 4