+

एक्सट्रिम फुटबल फेभर थ्री भी थ्री स्ट्रिट फुटबल विश्वकपका लागि छनोट प्रतियोगिता हुने, विजेताले नेदरल्यान्ड्समा खेल्ने

२०८३ असार  १४ गते २०:१० २०८३ असार १४ गते २०:१०

लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा लिग चरणको खेलपछि हरेक समूहको विजेता र उपविजेता साथै तेस्रो हुने उत्कृष्ट १८ टोली गरी ६४ टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेदरल्यान्ड्समा हुने आइएसएफए स्ट्रिट फुटबल विश्वकपका लागि नेपालमा छनोट प्रतियोगिता जुलाई १ देखि ८ सम्म सञ्चालन हुने भएको छ ।
  • प्रतियोगितामा ९५ टोली सहभागी हुने र विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने विश्वकपमा नेपालको प्रतिनिधित्व गर्ने जानकारी आयोजकले दिएका छन् ।
  • काठमाडौंका पाँच ऐतिहासिक स्थानमा आयोजना हुने प्रतियोगिता लिगकम नकआउटका आधारमा फ्लडलाइटमुनि सञ्चालन गरिनेछ ।

१४ असार, काठमाडौं । नेपालमा स्ट्रिट फुटबलको पुरानो माहोल फर्काउने लक्ष्यसहित एक्सट्रिम फुटबल फेभर थ्री भी थ्री आइएसएफए स्ट्रिट फुटबल विश्वकपका लागि छनोट प्रतियोगता हुने भएको छ ।

एलपीएस म्यानेजमेन्ट, एथ्लेट इनहान्समेन्ट सेन्टर (एइसी) र ट्रिपल टु प्रोडक्सनको संयुक्त आयोजनामा यस प्रतियोगिता जुलाई १ देखि ८ (असार १७ देखि २४)सम्म उपत्यकाको विभिन्न स्थानहरुमा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

एक्सट्रिमको पूर्ण सहयोगमा हुन लागेको प्रतियोगितामा कूल ९५ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । सहभागि टोलीलाई २३ समूहमा विभाजन गरिएको छ ।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा लिग चरणको खेलपछि हरेक समूहको विजेता र उपविजेता साथै तेस्रो हुने उत्कृष्ट १८ टोली गरी ६४ टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।

त्यसपछि राउण्ड अफ ६४, राउण्ड अफ ३२, राउण्ड अफ १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछ ।

यस प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बर २ देखि ६ सम्म नेदरल्यान्ड्सको युट्रेक्टमा हुने आइएसएफए स्ट्रिट फुटबल विश्वकप खेल्ने एलपीजी म्यानेजमेन्टका सिइओ तथा आइएसएफए कन्ट्री हेड बिकल्प खरेलले जानकारी दिए ।

विश्वकपमा नेपालबाट ४ खेलाडी १ व्यवस्थापक र १ प्रशिक्षक गरी ६ जनाको टिम जाने र प्रायोजकहरुले त्यसका लागि सहयोग गर्ने खरेलले जानकारी दिए ।

प्रतियोगिताको खेलहरु आइएसएफएको थ्री भी थ्री स्ट्रिट फुटबल नियम अन्सार सञ्चालन हुनेछ । हरेक खेल १० मिनेटको हुने र साइज ४ फुटसल बल प्रयोग गरिने आयोजकले जनाएको छ ।

काठमाडौंको मौलिक संस्कृति र स्ट्रिट फुटबल भाइब्सको वास्तविक रोमाञ्चकताका लागि आयोजकले काठमाडौं उपत्यकाको विभिन्न पाँच स्थान छनोट गरी खेल गराउने भएको छ ।

ब्राजिलको प्रसिद्दध साम्बा स्ट्रिट फुटबल जस्तै काठमाडौंको स्थानिय संस्कृतिलाई जोड्न काठमाडौंको पाँच स्थानहरुमा समूह चरणका खेलहरु हुनेछन् ।

जसमा काठमाडौंको कुमा ननी, टेकु, तबाहल, लगन, ओमबहाल र तेबहाल संकटामा खेलहरु खेलाइनेछ ।

खेलहरु अपरान्ह ३ बजेदेखि बेलुका ८ बजेसम्म फ्लडलाइटमुनी खेलाइनेछ । खेलको समयमा विशेष म्युजिक र विविध मनोरञ्जनात्मक प्रस्तुतीहरु पनि हुने आयोजकले जनाएको छ

सन् २०२३ मा इन्टरनेसनल स्ट्रिट फुटबल एसोसिएसन (आइएसएफए) को स्थापना भएको छ । विश्वभरका स्ट्रिट फुटबल खेलाडीहरुलाई एउटै छानामुनी जोड्ने प्रयास स्वरुप यो संस्था स्थापना भएको थियो ।

नेपालले गत वर्ष लात्भिभामा भएको आइएसएए स्ट्रिट फुटबल विश्वकप खेलेको थियो ।

कार्यक्रममा बिकल्प खरेलसँगै एइसी स्पोर्ट्सका फाउण्डर सुदिन महर्जन र ट्रिपल टु प्रोडक्सनका प्रतिनिधि उत्सव खड्काले नेपालमा स्ट्रिट फुटबलको सम्भावना राम्रो रहेको र त्यसका लागि सबै एकजुट भएर प्रतियोगिता गर्न लागेको बताए ।

कार्यक्रममा प्रतियोगिताको समूह विभाजनको लागि ड्र समेत गरिएको थियो ।

थ्री भी थ्री स्ट्रिट फुटबल विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय