+
फिफा विश्वकप २०२६ :

जर्मनी भर्सेस् पाराग्वे : प्लेयर्स टु वाच

२०८३ असार  १५ गते १४:५८ २०८३ असार १५ गते १४:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को नकआउट चरणअन्तर्गत भोलि बिहान २:१५ बजे जर्मनी र पाराग्वेबीच प्रतिस्पर्धा हुँदैछ ।
  • जर्मनीका जमाल मुसियाला, डेनिस उन्डाभ र म्यानुअल नोयर क्वार्टरफाइनल प्रवेशका लागि मुख्य खेलाडीका रूपमा मैदान उत्रँदै छन् ।
  • पाराग्वेले जुलियो एन्सिसो, गुस्ताभो गोमेज र मिगुएल अल्मिरोनको साथमा जर्मनीविरुद्धको महत्वपूर्ण खेलमा जित हासिल गर्ने लक्ष्य राखेको छ ।

१५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरण अन्तर्गत भोलि बिहान २:१५ बजे बोस्टनमा जर्मनी र पाराग्वेबीचको खेल हुँदैछ ।

समूह चरणको विजेता बने पनि अन्तिम खेलमा पराजित भएको जर्मनी र उत्कृष्ट तेस्रो स्थान हासिल गर्दै अन्तिम ३२ मा पुगेको पाराग्वे दुवै खेल जित्दै क्वार्टरफाइनलको यात्रा तय गर्न चाहन्छन् ।

चोट र निलम्बनका कारण दुवै टोलीका केही मुख्य खेलाडीहरू बाहिरिएको अवस्थामा मैदान उत्रने स्टारहरूमाथि टोलीलाई जिताउने अतिरिक्त दबाब रहनेछ ।

जर्मनीका युवा विष्फोटक प्लेमेकरहरू र प्याराग्वेका गतिशिल काउन्टर अट्याकरहरूबीच मैदानमा हुने व्यक्तिगत भिडन्तले नै यस खेलको भाग्यको फैसला गर्ने निश्चित छ ।

खेलको नतिजा आफ्नो पक्षमा पार्न सक्ने दुवै टोलीका तीन-तीन मुख्य खेलाडीहरू यसप्रकार छन् :

जर्मनी

जमाल मुसियाला (मिडफिल्डर) : बायर्न म्युनिखका २३ वर्षीय सुपरस्टार मुसियाला जर्मनीको आक्रमणका मुख्य मेरुदण्ड हुन् । मैदानको मध्यभागमा उनको जादुमयी ड्रिब्लिङ गति, सानो ठाउँमा पनि डिफेन्डरहरूलाई अलमल्याउन सक्ने कला र भिजन पाराग्वेको रक्षात्मक पर्खाल तोड्न जर्मनीको सबैभन्दा ठूलो साँचो बन्नेछ ।

डेनिस उन्डाभ (फरवार्ड) : जर्मनीको आक्रामक पङ्क्तिका सबैभन्दा चलाख र लयमा रहेका फरवार्ड उन्डाभ बक्सभित्र मौकाको फाइदा उठाउन खप्पिस छन् । मैदानमा विपक्षी डिफेन्डरहरूलाई आफ्नो शारीरिक शक्तिले दबाबमा राख्न सक्ने र जमाल मुसियाला / फ्लोरियन विर्ट्जले उपलब्ध गराएका सानो ग्यापका पासहरूलाई पनि अचुक फिनिसिङमार्फत गोलमा परिणत गर्न सक्ने उनको खुबी पाराग्वेको कडा डिफेन्स तोड्न जर्मनीका लागि मुख्य हतियार बन्न सक्छ । उनले जारी विश्वकपमा ३ गोल र २ असिस्ट गरेका छन् ।

म्यानुअल नोयर (गोलकिपर / कप्तान): जर्मनीका लेजेन्डरी कप्तान नोयरसँग नकआउट चरणको अविश्वसनीय अनुभव छ। इक्वेडर विरुद्धको खेलमा केही कमजोर देखिएको डिफेन्स लाइनलाई कमाण्ड गर्ने र प्याराग्वेका तीब्र गतिका विङ्गरहरूको काउन्टर अट्याकलाई रोक्न उनको ‘स्वीपर-किपर’ भूमिका निर्णायक हुनेछ।

पाराग्वे

जुलियो एन्सिसो (फरवार्ड) : ब्राइटनका तीब्र गतिका युवा फरवार्ड एन्सिसो प्याराग्वेको आक्रमणका मुख्य हतियार हुन् । काउन्टर अट्याकमा जर्मनीको उच्च डिफेन्स लाइनको खाली ठाउँको फाइदा उठाउँदै विष्फोटक प्रहारमार्फत गोल निकाल्ने क्षमता उनीसँग छ ।

गुस्ताभो गोमेज (डिफेन्डर) : प्याराग्वेका अनुभवी कप्तान तथा डिफेन्सका मुख्य खम्बा गोमेज टोलीका वास्तविक लिडर हुन्। श्लोटरबेक बिनाको जर्मन डिफेन्स विरुद्ध सेट-पिस (कर्नर र फ्री-किक) का बेला अघि बढेर हेडमार्फत गोल गर्ने उनको एरियल एबिलिटी प्याराग्वेको प्रमुख हतियार हो ।

मिगुएल अल्मिरोन (विङ्गर) : न्युक्यासल युनाइटेडका अनुभवी विङ्गर आल्मिरोन एक खेलको प्रतिबन्धपछि टोलीमा फर्किएकाले प्याराग्वेको आक्रमणमा थप ऊर्जा थपिएको छ। उनको तीव्र गति र बायाँ विङ्ग्सबाट रक्षापङ्क्ति चिर्ने शैली जर्मनीका फुलब्याकहरूका लागि कडा चुनौती बन्न सक्छ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय