+
+
Shares

कञ्चन संग्रौलाको नाटक ‘फर्स्ट ड्राफ्ट’ साउन १ देखि मञ्चन हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १४:०१

काठमाडौँ । कञ्चन संग्रौलाले लेखन तथा निर्देशन गरेको नाटक ‘फर्स्ट ड्राफ्ट’’ साउन १ (जुलाई १७) देखि अस्कर इन्टरनेसनल कलेज (साधना घर) मा मञ्चन हुने भएको छ ।

नाटकमा निर्देशक संग्रौला स्वयं र अभयराज बरालको अभिनय हुनेछ । दृष्टा क्रिएसनले ट्रियो आट्र्ससँगको सहकार्यमा प्रस्तुत गर्न लागेको ‘फर्स्ट ड्राफ्ट’ एब्सर्डिस्ट तथा मेटा-थिएटर शैलीको नाटक हो । यसले सिर्जनात्मक प्रक्रियामा उत्पन्न हुने द्वन्द्व, अस्तित्वका प्रश्न तथा कलाकारको आन्तरिक संघर्षलाई प्रस्तुत गर्छ ।

नाटकको केन्द्रमा अभिनयप्रति समर्पित युवा पात्र मीरा छिन्, जो आफ्नो पहिलो कथा लेख्ने प्रयासमा छिन् । असंख्य विचार, अनन्त प्रश्न र आन्तरिक द्वन्द्वबीच उनी आफ्नो कथालाई आकार दिन संघर्ष गर्छिन् । तर कल्पना र यथार्थबीचको सीमा क्रमशः धमिलिँदै जाँदा उनले सिर्जना गरेको पात्र हीरा अचानक उनीसामु उपस्थित हुन्छ ।

अभिनेत्री तथा निर्देशक संग्रौलाले भनिन्, ‘फर्स्ट ड्राफ्ट’  केवल एउटा नाटक होइन, यो हाम्रो सपना हो । हामी तपाईंलाई हाम्रो सपना साक्षी बन्न आमन्त्रित गर्न चाहन्छौँ ।’ नाटकका निर्माता पशुपति राई र नवीन न्यौपाने हुन् भने कार्यकारी निर्माता जानकी कडायत रहेकी छन् ।

‘फर्स्ट ड्राफ्ट’ साउन २० (अगस्ट ५) सम्म मञ्चन हुनेछ । बिहीबारबाहेक प्रत्येक दिन साँझ ५ः१५ बजे अस्कर इन्टरनेसनल कलेज (साधना घर) मा यसको मञ्चन हुनेछ । साथै, बुधबार र शनिबार दिउँसो १ः१५ बजे अतिरिक्त शो पनि आयोजना गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?