१८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा स्पेनले अस्ट्रिया विरुद्ध अग्रता लिएको छ ।
मिकेल ओयाजाबालले ३६औं मिनेटमा गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाए ।
लस एन्जल स्टेडियममा भइरहेको खेलमा ओयाजाबालले मार्क कुकुरेलाको पासमा गोल गरेका हुन् ।
सन् २०१० को विश्वकपमा फाइनल आन्द्रेस इनेस्टाले नेदरल्यान्ड्स विरुद्ध गरेको गोलपछि विश्वकपको नकआउट चरणमा गोल गर्ने ओयाजाबाल पहिलो स्पानिस खेलाडी बने ।
स्पेनले सुरुवात देखि नै अस्ट्रियामाथि लगातार आक्रमण गर्दै गोल गर्ने प्रयास गरेको थियो ।
२९औं मिनेटमा कुकुरेलाको गोल गरेपनि मान्यता पाएन । उक्त समयमा स्पेनका खेलाडीले अस्ट्रियाका गोलकिपरलाई अवरोध पुर्याएको भन्दै रेफ्रीले गोलको मान्यता दिएनन् ।
यस्तै ओयाजाबालले ३३औं मिनेटमा गरेको प्रहार अस्ट्रियाका गोलकिपर अलेजान्डर स्लागाले उत्कृष्ट बचाउ गरे ।
अस्ट्रियाका डिफेण्डरले स्पेनका युवा स्टार लामिन यमाललाई कडा निगरानीमा राखेका थिए ।

प्रतिक्रिया 4