+
फिफा विश्वकप २०२६ :

पेड्रो पोरोको गोलमा स्पेको अग्रता दोब्बर

२०८३ असार  १९ गते २:१७ २०८३ असार १९ गते २:१७

लस एन्जल स्टेडियममा भइरहेको खेलमा पोरोले ६६औं मिनेटमा एलेक्स बाएनाको क्रसमा गोल गरेका हुन् । उनको स्पेनका लागि यो पहिलो अन्तर्राष्ट्रिय गोल समेत हो ।

१८ असार, काठमाडौं । पेड्रो पोरोले दोस्रो हाफमा गोल गरेपछि स्पेनले फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा अस्ट्रिया विरुद्ध  २-० को अग्रता लिएको छ ।

लस एन्जल स्टेडियममा भइरहेको खेलमा पोरोले ६६औं मिनेटमा एलेक्स बाएनाको क्रसमा गोल गरेका हुन् । उनको स्पेनका लागि यो पहिलो अन्तर्राष्ट्रिय गोल समेत हो ।

त्यसअघि मिकेल ओयाजाबालले ३६औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए  । ओयाजाबालले मार्क कुकुरेलाको पासमा गोल गरेका हुन् ।

सन् २०१० को विश्वकपमा फाइनल आन्द्रेस इनेस्टाले नेदरल्यान्ड्स विरुद्ध गरेको गोलपछि विश्वकपको नकआउट चरणमा गोल गर्ने ओयाजाबाल पहिलो स्पानिस खेलाडी बने ।

पहिललो हाफमा अस्ट्रियाका गोलकिपर अलेजान्डर स्लागाले उत्कृष्ट बचाउ गर्दा स्पेनले गोल अन्तर बढाउने अवसर गुमाएको थियो ।

२९औं मिनेटमा स्पेनका मार्क कुकुरेलाको गोल गरेपनि मान्यता पाएन । उक्त समयमा स्पेनका खेलाडीले अस्ट्रियाका गोलकिपरलाई अवरोध पुर्‍याएको भन्दै रेफ्रीले गोलको मान्यता दिएनन् ।

यस्तै ओयाजाबालले ३३औं मिनेटमा गरेको प्रहार अस्ट्रियाका गोलकिपर अलेजान्डर स्लागाले उत्कृष्ट बचाउ गरे ।

पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा एलेक्स बाएनाको फ्रिकिमक बारमा लागेर फर्कँदा स्पेनले अग्रता दोब्बर पार्ने अवसर गुमायो । त्यही रिबाउन्डमा यमालले हालेको प्रहार गोलकिपर अलेजान्डर स्लागाले बचाए ।

 

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय