१९ असार, काठमाडौं । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमुलक कार्य गर्दै आएका दृष्टिविहीनहरूले १२ औं दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् ।
शुक्रवार माईतीघर मण्डलामा भेला भइ उनीहरूले प्रदर्शन गरेका हुन् । दृष्टिविहीनहरूको माग सम्बोधन गर्न विगत १२ दिन यता उनीहरूले माइतीघरमा प्रदर्शन गर्दै आएका छन् ।
सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमुलक कार्य गर्दै आएका दृष्टिविहीनहरू सरकारले व्यवसाय गर्न नदिएको बताएका छन् ।
सरकारले दृष्टिविहीनहरूको व्यवस्थापन सम्मानजनक रुपमा गर्नुपर्ने, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने, त्यो सम्भव नभएसम्म हाल गर्दै आएको स्वरोजगार तथा सडक संगीतजस्ता पेशा निर्वाध रूपमा गर्न दिनुपर्ने र सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने उनीहरूको माग छ ।
माग पूरा नभएसम्म आन्दोलनलाई जारी राख्ने उनीहरूको भनाइ छ ।
प्रतिक्रिया 4