+
+
Shares

पुनर्निर्माण कोषमा १० हजार भन्दा बढी योगदान गर्नेलाई प्रमाणपत्र

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते १४:०३

१९ असार, काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणका लागि स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १० हजार भन्दा बढी योगदान गर्नेलाई प्रमाणपत्र दिने भएको छ ।

अर्थ मन्त्रालयले एक सूचना प्रकाशित गर्दै यसरी योगदान गर्नेहरूका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेको धन्यवाद ज्ञापन प्रमाणपत्र तयार पारिएको समेत मन्त्रालयले जनाएको छ ।

प्रमाणपत्र सम्बन्धित व्यक्ति र संस्थाको ठेगनामा पठाउन स्पष्ट ठेगाना र फोन नम्बर नभएको भन्दै मन्त्रालयले मन्त्रालयमा सम्पर्क गरी प्रमाणपत्र लिन आउन आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?