+
+
Shares

खामेनीको शव मस्जिदमा राखियो, श्रद्धाञ्जली दिन पाकिस्तानदेखि चीनका नेता इरानमा

यस्तै, भारत, चीन र ताजकिस्तानका केही अधिकारी पनि श्रद्धाञ्जलीसभामा सहभागी हुने खबर बीबीसीले प्रकाशित गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते १५:३०

१९ असार, काठमाडौं । अमेरिका र इजरायलको हमलामा मारिएका इरानका सवोच्च नेता आयतुल्लाह अलि खामेनी र उनका परिवारको शव अन्तिम श्रद्धाञ्जलीका लागि मस्जिदमा राखिएको छ । इरानको राजधानी तेहरानको एक मस्जिदमा उनीहरूको शव राखिएको हो ।

खामेनीलाई अन्तिम श्रद्धाञ्जली दिन केही विदेशी पाहुना पनि तेहरान पुगेका छन् । उनीहरूले प्रार्थनासभामै सहभागी भएर श्रद्धाञ्जली अर्पण गरेका समाचार छन्

जसमा पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी, अफगानिस्तानको तालिबान सत्ताका विदेशमन्त्री अमिन खान मुत्तकी, चिनियाँ कम्युनिस्ट पार्टीका उपप्रमुख पनि तेहरानमा रहेको समाचार आएका छन् ।

यस्तै, भारत, चीन र ताजकिस्तानका केही अधिकारी पनि श्रद्धाञ्जलीसभामा सहभागी हुने खबर बीबीसीले प्रकाशित गरेको छ ।

गत फेब्रुअरी २८ मा इरानका सर्वोच्च नेता खामेनीलाई लक्ष्य गर्दै अमेरिका र इरानले गरेको हमलामा उनी मारिएका थिए । उनीसँगै उनकी एक छोरी, ज्वाइँ, बुहारी(हालका सर्वोच्च नेता मोजतबा खामेनीकी पत्नी) समेत परिवारका अन्य केही सदस्य मारिएका थिए ।

आगामी बुधबार उनको अन्त्येष्टि गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?