१९ असार, काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
महालक्ष्मी विकास बैंकमा विभिन्न समयमा एकीकृत भएका संस्थाका संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठ, स्व. हरिप्रसाद गिरी, स्व. अशोक श्रेष्ठ, स्व. नवराज बहादुर सिंह तथा स्व. सीताराम प्रसाईंको स्मृतिमा यो छात्रवृत्ति सुरु भएको हो ।
सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यका साथ प्रतिविद्यार्थी ५० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ ।
स्व. लक्ष्मण बाबु श्रेष्ठ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति नन्दी माध्यमिक विद्यालय (नक्साल)मा कक्षा ९ मा अध्ययनरत् छात्र विपिन बुढालाई प्रदान गरिएको छ । स्व. श्रेष्ठका छोरा राजेश बाबु तथा बैंकका प्रमुख कार्यकारी अधिकृतले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक गिता काफ्ले मार्फत छात्रवृत्ति प्रदान गरे।
साथै स्व. हरिप्रसाद गिरी महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (भवानीपुर विरगन्ज)मा अध्ययनरत छात्रा अनिशा शाहलाई प्रदान गरिएको छ । बैंक सञ्चालक श्याम सुन्दर रुंगटामार्फत छात्रवृत्ति प्रदान गरिएको हो ।
स्व. नवराज बहादुर सिंह महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति सारदा माध्यमिक विद्यालय (धनगढी) कक्षा ९ मा अध्ययनरत छात्रा गुञ्जन सुनारलाई सञ्चालक सागर मल्लमार्फत प्रदान गरिएको छ । स्व. अशोक श्रेष्ठ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति अमर माध्यमिक विद्यालय (हेटौंडा) कक्षा ९ मा अध्ययनरत छात्रा सुमिना लामिछानेलाई बैंकका बागमती ख प्रदेश प्रमुख मार्फत प्रदान गरिएको छ ।
स्व.सीताराम प्रसाईं महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति सिताराम सामुदायिक अंग्रेजी विद्यालय (मेचीनगर, झापा) छात्रा मुस्कान खातुनलाई गत पुस महिनामा नै प्रदान गरिएको हो । यस प्रकारको संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमबाट विद्यार्थीहरुलाई आर्थिक अभावकै कारण अध्ययनमा वञ्चित हुनुपर्ने बाध्यता हट्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया 4