+
+
Shares

एलजी ‘इसेन्सियल सिरिज’का घरेलु उपकरण पोखरामा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते १९:१०

१९ असार, पोखरा । एलजीलेआफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा घरेलु उपकरण श्रृंखला ‘इसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ।पोखरास्थित टेम्पल बेल होटलमा आयोजित विशेष कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो।

‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको इसेन्सियल सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई समेटेको कम्पनीले जनाएको छ।

नेपाली परिवारको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने कम्पनीको भनाइ छ । नयाँ श्रृंखलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल–डोर रेफ्रिजेरेटर, पूर्ण स्वचालित टप लोड वासिङ मेसिन र रुम एयर कन्डिसनर समावेश छन् ।

इसेन्सियल सिरिज डबल डोर रेफ्रिजेरेटर

फ्रोस्ट फ्री टेक्नोलोजी सहितको यस रेफ्रिजेरेटरले म्यानुअल डिफ्रोस्टिङको आवश्यकता हटाउँछ। स्मार्ट मोड सुविधाले मौसमअनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ भने अघिल्ला मोडेलको तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमताले नेपाली परिवारको आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्ने कम्पनीको दाबी छ।

इसेन्सियल सिरिज फुल्ली अटोमेटिक टप लोड वासिङ मेसिन

नेपालका विविध वातावरणीय अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको यस वासिङ मेसिनमा प्रोसिल्ड मोटर, बीएमसी कभर तथा आईपीएक्स–४ प्रमाणित वाटर–रेजिस्टेन्ट कन्ट्रोल प्यानल जस्ता सुविधा समावेश छन्। साथै लो–प्रेसर फिल टेक्नोलोजीले कम पानीको चापमा पनि प्रभावकारी धुलाई सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।

इसेन्सियल सिरिज रुम एयर कन्डिसनर

ऊर्जा दक्ष प्रविधिसहितको यस एयर कन्डिसनरले प्रभावकारी कुलिङ तथा हिटिङ सुविधा प्रदान गर्छ। परम्परागत नन–इनभर्टर एयर कन्डिसनरको तुलनामा कम विद्युत् खपत गर्ने यस उत्पादनमा वातावरणमैत्री आर–३२ रेफ्रिजरेन्ट प्रयोग गरिएको छ। साथै न्यून ध्वनीमा सञ्चालन हुने भएकाले प्रयोगकर्तालाई थप आरामदायी अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार इसेन्सियल सिरिजको बिक्री–वितरण नेपालभर जुन २०२६ देखि सुरु भएको छ । प्रारम्भिक मोडेलको मूल्य करिब ४९ हजार ६९० बाट सुरु हुनेछ। उत्पादनहरू देशभरका आधिकारिक ब्रान्ड सप, मल्टी–ब्रान्ड रिटेल आउटलेट तथा प्रमुख ई–कमर्स प्लेटफर्म मार्फत उपलब्ध हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?