+
+
Shares

फेवातालमा अलपत्र पर्यटकको सकुशल उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २० गते १४:०९

२० असार, पोखरा । पोखराको पर्यटकीय गन्तव्य फेवातालमा कायकिङ गर्ने क्रममा हावाहुरीका कारण तालको बीचमा अलपत्र परेकी एक युवतीको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।

काठमाडौँको नारायणटार स्थायी घर भई पोखरा घुम्न आएकी २३ वर्षीया रितिका फुयाल फेवातालमा कायकिङ गरिरहेकी थिइन् ।

सोही क्रममा अचानक आएको तीव्र हावाहुरीका कारण उनी तालको बीच भागमा अड्किएर अलपत्र परेको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको हो ।

उनको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?