+
+
Shares

अर्घाखाँचीमा सर्प खेलाउँदा युवकको मृत्यु

प्रेमनारायण आचार्य प्रेमनारायण आचार्य
२०८३ असार २० गते १६:३७

२० असार, अर्घाखाँची । अर्घाखाँचीमा  सर्प खेलाउदा एक युवकको ज्यान गएको छ ।

छत्रदेव गाउँपालिका–१ चिदिका बडडाँडाका २३ वर्षीय पुष्कर कुमालको सर्पले टोकेपछि उपचारका क्रममा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीले जानकारी दिएका छन् ।

कुमालले सर्प समातेर खेलाउने क्रममा शुक्रबार साँझ अचानक सर्पले टोकेपछि उनी गम्भीर घाइते भएका थिए ।

सर्पले टोके लगत्तै उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा अस्पताल पुग्नासाथ चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

घटनापछि स्थानीयवासीले सर्पसँग खेल्ने, समात्ने वा अनावश्यक रूपमा जिस्क्याउने कार्य अत्यन्त जोखिमपूर्ण हुने भएकाले यस्ता गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गरेका छन् ।

सर्प देखिएमा आफैं समात्ने प्रयास नगरी सम्बन्धित निकाय वा उद्धारकर्मीको सहयोग लिन उनीहरूको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?