+
+
Shares

फोटो पत्रकारलाई सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २० गते १९:३३

२० असार, काठमाडौं । फोटो पत्रकार (पिजे) क्लबले आयोजना गरेको सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । पत्रकार महासंघको सभाहलमा संचालित तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ३० भन्दा बढी फोटो पत्रकारहरूको सहभागी थियो ।

सूचना तथा संचार मन्त्रालयको सहयोगमा भएको तालिममा अनुभवी प्रशिक्षक तथा विषयविज्ञहरूले प्रशिक्षण दिएका थिए ।

इरानी प्रशिक्षक डा. बेहरू मोगद्दसीले फोटो पत्रकारहरूले राजनीतिक आन्दोलन, प्राकृतिक प्रकोप, महामारी, द्वन्द्वग्रस्त अवस्था, प्रदर्शन, तथा संवेदनशील सामाजिक घटनाको प्रत्यक्ष र उच्च जोखिमपूर्ण परिस्थितिमा  अग्र भागमा रहेर काम गर्दा अपनाउनु पर्ने आवस्यक सुरक्षा सम्बन्धी तालिम दिएका थिए ।

वरिष्ठ फोटोपत्रकार चन्द्रशेखर कार्कीले फील्ड रिपोर्टिङका क्रममा अपनाउनु पर्ने सुरक्षामापदण्ड र आपतकालीनअवस्था (प्रदर्शन, द्वन्द्व, प्राकृतिकप्रकोप) मा फोटो पत्रकारले अपनाउनु पर्ने सचेतता,जोखिममूल्यांकन र व्यक्तिगत सुरक्षा योजनाका विषयमा प्रशिक्षण दिएका थिए ।

फोटो पत्रकार विकास कार्कीले फिल्ड सेफ्टी: प्रदर्शन, द्वन्द्व र संवेदनशील घटना कभर गर्दा अपनाउनुपर्ने सावधानी, सुरक्षात्मक उपकरण, मानसिक स्वास्थ्य, तनावव्यवस्थापनमा फोटो पत्रकारले गर्नु पर्ने कार्यका बारेमा प्रशिक्षण दिएका थिए ।

फोटो पत्रकारहरूका लागि लक्षित, व्यवस्थित र व्यावहारिक सुरक्षा तथा जोखिम व्यवस्थापन तालिम सीमित मात्रामा उपलब्ध रहेको वर्तमान सन्दर्भमा भएको यस तालिमले  फोटो पत्रकारहरूको लागि आगामी दिनमा जोखिमपूर्ण परिस्थितिमा सुरक्षित रूपमा काम गर्ने सीप विकास गर्न सक्ष्क्षम बनाएको फोटो पत्रकार क्लबले जनाएको छ ।

दिन प्रतिदिन बढदै गएको जोखिमपूर्ण परिस्थिति ,प्राकृतिक विपत्ती लगायतको जोखिमपूर्ण स्थलहरूमा सवैभन्दा पहिला र अग्रस्थानमा रहेर जोखिमपूर्ण काम गर्नु पर्ने फोटो पत्रकारहरूको सुरक्षा र जोखिम व्यवस्थापन सम्बन्धी क्षमता विकासमा यस तालिमले  ठुलो सहयोग गर्ने विश्वास समेत क्लबले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?