+
+
Shares

सरकारको १०० दिनको समीक्षा निकै गम्भीर र मननयोग्य दुवै छ : झपट रावल

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २१ गते ११:२१

२१ असार, काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले वर्तमान रकारको १०० दिनको समीक्षा निकै गम्भीर र मननयोग्य दुवै रहेको बताएका छन् ।

‘सरकारको १०० दिन, आसलाग्दो सुशासन कि ‘नियन्त्रित’ लोकतन्त्र ?’ उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘सरकारको १०० दिने कार्यकालको यो समीक्षा निकै गम्भीर र मननयोग्य छ । एकातिर सरकारमा केही गर्ने हुटहुटी देखिन्छ भने अर्कोतिर लोकतान्त्रिक मूल्यमान्यता र संस्थाहरूको हुर्मत लिने काम भइरहेको छ ।’

नेता रावलले सरकारको सकारात्मक पक्ष केलाएका छन् ।

‘काम गर्ने आतुरता र सुशासनको चाहना । सेवा प्रवाहमा डिजिटल प्रणालीको तीव्र गति र ‘सरकार छ’ भन्ने सामान्य अनुभूति छ’ उनी लेख्छन्, ‘तर अँध्यारो पक्ष झनै डरलाग्दो छ ।’

नकारात्मक पक्ष अन्तर्गत उनी लेख्छन्, ‘संसद्, अदालत, प्रेस र विश्वविद्यालय जस्ता स्वतन्त्र निकायहरूलाई कार्यपालिकाको लाचार छाया बनाउने प्रयास, दलीयकरणको विरोध गरेर भित्रभित्रै झन् चर्को दलीयकरण र आफ्नाहरूलाई चोख्याउने खेल र  संवैधानिक सर्वोच्चतालाई मिचेर अध्यादेशको भरमा शासन चलाउने मूर्खता ।’

सरकारको १०० दिनको कामको समीक्षा गर्दै उनी यसले केही प्रश्न उब्जाएको बताउँछन् ।

‘के संसदीय अंकगणितको आडमा मात्रै ५ वर्ष यसरी देश चल्न सम्भव छ ? डेलिभरी (परिणाम) को नाममा के नेपाली जनता लोकतन्त्र, विधि र राष्ट्रिय स्वाधीनतासँग सम्झौता गर्न तयार छन् ?’ नेता रावलको प्रश्न छ ।

कुनै पनि सरकारका लागि सुशासन र विधिको शासन परिपूरक भएको र विरोधी नभएको भन्दै उनी थप्छन्, ‘डेलिभरी दिने बहानामा लोकतन्त्रको जगै भत्काइयो भने त्यो सुशासन होइन, ‘स्वेच्छाचारिता’ बन्न पुग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?